🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्र बैंकको अठार करोड बालुवामा पानी ! 

काठमाडौं । २०७६ भदौ २९ गते नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले आफ्नै बैंकको भुक्तानी प्रणाली विभागले आयोजना गरेको तामझामपूर्ण कार्यक्रमको उद्घाटन गर्दै भने–‘रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) शुरु भएपछि ग्राहकको एउटा खातामा रहेको रकम तुरुन्तै अर्को खातामा सजिलै जम्मा हुने भएकाले वित्तीय क्षेत्रमा देखिने गरेको यसअघिको आपराधिक कारोबार निरुत्साहित हुने छरु ।’ तर, त्यसरी महँगो पाँचतारे होटलमा आयोजना गरिएको भड्किलो र तामझामपूर्ण कार्यक्रमको नतिजा २४ घण्टा पनि टिकेन ।

 २०७६ भदौ २९ गते एकदिनको आरटीजीएसको कारोबार आज २०७६ असोज ६ गते नौ दिनसम्ममा पनि मिलेको छैन । त्यस दिनको सबै हिसाब रिकन्साइल हुन नसकेकाले अनिश्चितकालसम्मको लागि उक्त प्रणाली स्थगित गरिएको छ । उक्त एक दिनको हिसाब मिलानको लागि नेपाल राष्ट्र बैंकलगायत सबै बाणिज्य बैंकको भुक्तानी तथा सूचना प्रविधि विभागका कर्मचारी २०७६ भदौ २९ गते रातभर कार्यालयमा बसेको स्रोत बताउछ । तर, सिष्टमले काम नगरेपछि हिसाब मिलान हुन सकेन र केन्द्रीय बैंकले भोलिपल्ट अनिश्चितकालको लागि उक्त प्रणाली स्थगित गरिएको सूचना सबै बैंकलाई पठाएको थियो । उक्त दिनको हिसाब आजसम्म पनि मिलान (रिकन्साईल) भइनसकेको नेपाल राष्ट्र बैंक, बैंकिङ्ग कार्यालयका एकजना निर्देशकले स्वीकारेका छन् ।

सम्झौता भएको करीब १८ महिनाको अवधिमा आरजटीजीएस प्रणाली सञ्चालनमा ल्याइएको बैंकका अधिकारीहरू बताउँछन् । बेलायत सरकारको आर्थिक सहयोगमा ‘सक्षम’ नामको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग मिलेर राष्ट्र बैंकले उक्त ‘असक्षम’ प्रणाली निर्माणको लागि सम्झौता गरेको  थियो । उक्त आइएनजीओका विज्ञहरूको तलब, सुविधासमेत जोड्दा सो प्रणाली बनाउन करीब १८ करोड रुपैयाँ खर्च भएको बुझिएको छ । उद्घाटनको २४ घण्टामै अप्रभावकारी देखिएको प्रणाली बनाउने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘सक्षम’, तामझामका साथ उद्घाटन गर्ने गभर्नर र आवश्यकता भन्दा बढी हल्ला गर्ने बैंकको भुक्तानी प्रणाली विभागको नियतमाथि नै शंका गर्नुपर्ने बैंकका एकजना कार्यकारी निर्देशकले बताएका छन् । 

 केही दिनअघि चिनियाँ नागरिकले नेपाली बैंकहरूको एटीएमबाट रकम झिकेको सन्दर्भलाई जोडेर नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणालीको ठूलै डिँग पिटेको थियो । साथै, उसले यसबीचमा हावाको भरमा एटीएम मेशिनबाट झिकिने रकमको सीमामा समेत विनाआधार र औचित्य घटाएको छ । बैकि¨ क्षेत्रका विज्ञहरूका अनुसार, चिनियाँ नागरिकले एटीएमबाट झिकेको रकमको सन्दर्भसँग हाल तोकिएको सीमाको कुनै साइनो छैन ।

 कार्यक्रममा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशकले २० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्दा अनिवार्य रूपमा आरटीजीएसमार्फत् गर्नुपर्ने तर भर्खर मात्र यो प्रणाली सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि ग्राहकको इच्छाअनुसार २० लाखभन्दा बढी रकम पनि आरटीजीएस वा चेकमार्फत कारोबार गर्न सुविधा दिइएको पनि बताएका थिए । साथै, उनले उक्त प्रणालीमार्फत कारोबार गर्दा ग्राहकले करीब ३० मिनेटमा रकम दिने र लिने कार्य सम्पन्न गर्ने एवम् यसबाट बजारमा तरलता अभिवृद्धि हुने हावा गफ समेत दिएका थिए । जुन अहिले अलपत्र परेको आरटीजीएस प्रणालीले नै पुष्टि गरेको छ ।