🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पेट दुखेमा यसरी तयार गर्नुस् घरेलु उपचार

सुखमय जीवनको लागि स्वस्थ रहनु जरुरी हुन्छ । अधिकतम रोगहरूको कारण असंयमित खाना हो । गलत खानपानको कारण अधिकतम मानिसहरू रोगले पीडित हुने गर्दछन् । गलत खानपानकै कारण कहिलेकाँही पेट दुख्ने समस्या पनि आउँदछ । यसको मुख्य कारणहरू भनेको अपच हुने, ग्यास्टिक, कब्जियत जस्ता रोगहरू हुन् । यस्तो पेटदुख्ने रोगहरूको सरल र सामान्य घरेलु उपचारबाट निको हुन सकिन्छ । यसका साथसाथै पेटका किटाणुहरूलाई पनि नष्ट गर्न सकिन्छ । ती उपायहरू तल चर्चा गरिएको छ । 

– यदि तपाईलाई पेट दुख्ने समस्या भएको छ भने हिंगको प्रयोग एकदमै लाभदायी हुन्छ । लगभग २ ग्राम हिँगलाई पानीमा पिसेर लेदो बनाई नाइटोको वरिपरि दल्नुहोस् । 
– ज्वानालाई भुटेर बिरेनुनसँग पिँधेर पाउडर बनाउने र २÷३ ग्राम तातोपानीमा मिलाएर दिनमा तीन पटक खानाले पनि पेट दुख्ने समस्याबाट मुक्त भइन्छ । 
– जीरालाई पनि भुटेर पाउडर बनाई २÷३ ग्राम तातोपानीसँग पिउन सकिन्छ । यसलाई चबाएर खान पनि सकिन्छ । 
–पुदिना तथा कागतीको रस एक–एक चम्चा लिएर त्यसमा आधा चम्चा बिरेनुन वा अदुवा मिलाएर प्रयोग गर्न सकिन्छ । यसको प्रयोग दैनिक ३ पटक गरेमा एकदमै फाइदाजनक हुन्छ ।
– सुकेको अदुवालाई चपाएमा पनि पेट दुखेको समस्यामा राहत हुन्छ ।
– दूध नहालेको चिया पिउनाले पनि कतिपय मानिसको पेट दुखेको समस्या ठीक हुन्छ । 
– अदुवाको रस नाइटोको वरिपरि दलेर हल्का मालिस गर्नाले पनि पेट दुखेकोमा राहत हुन्छ । 
– यदि पेटको दुखाई एसिडिटीको कारणले भएको हो भने त्यसको लागि पानीमा थोरै मात्रामा खाने सोडा मिसाएर पिउनाले एकदमै फाइदा हुन्छ ।
– पेट दुखाई निवारक चूर्ण बनाउन सकिन्छ । यसका लागि भुटेको जीरा, सोफ, लसुन, धनिया, हिँग, सुकेको पुदीनाको पत्ता, मरिच आदिको बराबर मात्रा मिलाएर धुलो बनाई चूर्ण बनाउन सकिन्छ । यसमा थोरै मात्रामा बिरेनुन पनि मिलाउनुपर्दछ । खाने समयमा एक चम्चा तातोपानीसँग लिएमा एकदमै लाभ हुन्छ । 
–एक चम्चा शुद्ध घ्यूमा हरियो धनियाको रस मिलाएर पिउनाले पनि पेटको दुखाईबाट मुक्त हुन सकिन्छ ।
–अदुवाको रस एक चम्चा, कागतीको रस २ चम्चा लिएर त्यसमा थोरै मात्रामा चिनी मिलाएर प्रयोग गर्न सकिन्छ । दैनिक रुपमा २÷३ मात्रामा यसको प्रयोग गर्नु लाभदायक हुन्छ । 
– अनार पेटको दुखाईमा एकदमै लाभदायक हुन्छ । अनारको दानामा थोरै मरिचको धुलो र बिरेनुन मिलाएर खान सकिन्छ ।
– मेथीको बिउलाई पानीमा भिजाउनुहोस् । यसलाई पिसेर पेस्ट बनाउनुहोस र त्यसको पेस्ट बनाई २०० ग्राम दहीमा मिलाएर दैनिक दुईपटक प्रयोग गर्नाले पेटमा रहेको बिकार नष्ट हुन्छ । 
– सोंफमा पेटको दुखाई हटाउने गुण रहेको हुन्छ । १५ ग्राम सोफ रातभरी एक गिलासमा भिजाउने र छानेर विहान खालीपेटमा पिउनाले पेटदुखाईबाट बच्न सकिन्छ ।
– आयुर्वेदका अनुसार हिँग पीडा निवारक र पित्तवद्र्धक हुन्छ । छाती र पेटको पीडाको लागि हिंग एकदमै लाभदायी हुन्छ । सानो बच्चाहरूको पेट दुखाईमा पनि एकदमै कम मात्रामा हिंगलाई एक चम्चा पानीमा मिलाएर पकाउनुहोस् र बच्चाको नाइटोमा मालिस गरिदिनुहोस् । जसले बच्चाको पेटदुखाई हराउँछ । 
– कागतीको रसमा बिरे नून, जीरा, ज्वानाको धुलो मिलाएर दैनिक रुपमा तीनपटक पिउनाले पेट दुखाई टाढा भाग्छ ।