🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पोलिटव्यूरो सदस्य धमलाद्वारा चन्द समूह परित्याग

काठमाडौँ, ३ मङ्सिर (रासस) : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वपोलिटव्यूरो सदस्य कृष्ण धमलाले सो समूह परित्याग गर्नुभएको छ ।

धमलाले आज एक विज्ञप्तिमार्फत आफूले सो समूह परित्याग गरी स्वतन्त्र वामपन्थीका रुपमा क्रियाशील रहने बताउनुभएको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले चन्द नेतृत्वको नेकपा परित्याग गरेको उल्लेख गर्नुभएको छ । 

    धमला तत्कालीन नेकपा ९माओवादी केन्द्र०का तर्फबाट सुर्खेत जिल्ला इन्चार्ज एवं महाधिवेशन आयोजना समितिका सदस्यसमेत हुनुहुन्थ्यो । २०५३ सालदेखि वाम राजनीतिमा सक्रिय धमला सुर्खेतको कम्युनिष्ट आन्दोलनका संस्थापकमध्येका एक हुनुहुन्छ ।