🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वडाध्यक्ष शिवप्रसादको गाडीमा बम विष्फोट

पोखरा, ९ मङ्सिर (रासस): अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ । 

    वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः०० बजे बम विष्फोट भएको घटनास्थलमा पुग्नु भएका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिनुभयो ।

विष्फोटनबाट नजिकैको घरमा समेत प्वाल परेको छ । सो घरमा ११ जना सुतिरहेको नेपबहादुर परियारले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको घिमिरेले बताउनुभयो ।  
–––