🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

डा. राजन भट्टराईसहितलाई  विजयी गराउन बुद्धिजीवीको आग्रह

काठमाडौँ, १७  मंसिर : काठमाडौँ क्षेत्र नं ४ मा रहेका विभिन्न बुद्धिजीवीले आशन्न निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् । मङ्सिर १६ गते  यहाँ भएको भेलामा उनीहरुले प्रतिनिधिसभामा सो क्षेत्रमा नेकपा (एमाले) का डा. राजन भट्टराईसहितका उम्मेदवार जित्नुपर्ने जनाएका हुन् । 

डा भट्टराई वैदेशिक मामिलाका विज्ञसमेत भएकाले आफूहरु खुलेको बुद्धिजीवीको भनाइ छ । भेलामा उम्मेदवार डा भट्टराईले भावी सन्ततिका लागि सही दिशा दिन वाम गठबन्धनले जित्नुपर्ने बताए । सो क्षेत्रमा प्रदेशसभा १ र २ का उम्मेदवार क्रमशः निर्मल कुईंकेल र कुसुमकुमार कार्की उम्मेदवार रहेका छन्  । 

बुद्धिजीवी सहयोग समितिका संयोजक प्रा जगतप्रसाद उपाध्यायले विगतमा तटस्थ रहेका बुद्धिजीवी पनि यसपटक गठबन्धनका पक्षमा खुलेको बताए  । 

भेलामा राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा गणेश गुरुङ, विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्राडा विदुर उपाध्याय, त्रिविका पूर्वरजिस्ट्रार प्राडा पार्थिवेश्वर तिमिल्सिना, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्राडा शिवकुमार राई, विश्व सम्बन्ध परिषद्का पूर्वकार्यकारी निर्देशक प्राडा गोपाल पोखरेल, नेपाल सरकारका पूर्वसचिव, केशव भट्टराईलगायत रहेका थिए  । (रासस) 
–––