🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुनमा ठगी गरेको आरोपमा पक्राउ

लाहान, पुस २ । सुनको जलप लगाई अन्य धातु बिक्री गरी ठगी गरेको आरोपमा सिरहा प्रहरीले हिजो साँझ दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले सुनका रुपमा अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझिया निवासी ३० वर्षीय कुलदीप कुमार गडेरी र सवैला नगरपालिका– १० मखनाहा निवासी २५ वर्षीय प्रदीप साहलाई पक्राउ गरेको हो ।   

    पक्राउ परेका दुवै जनाले मिर्चैया नगरपालिका– ६ स्थित राधाकृष्ण ज्वेलर्स र शिव ज्वेलर्समा सुनका रुपमा अन्य धातुको लकेट बिक्री गरी चाँदीका बाला लिएका थिए । बाँकी रहेको वस्तुसमेत लिएर जाने बेलामा लकेटको सुन परीक्षण गर्दा सुनको जलपमात्र भएको खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल चौधरीले जानकारी दिनुभयो ।

    राधाकृष्ण ज्वेलर्स सञ्चालक देवकृष्ण साह र शिव ज्वेलर्सका सञ्चालक सन्तोष महतोले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।