🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हरिबोल गजुरेलको नाम प्रस्ताव : पूर्व माओवादीलाई सभामुख पद  नछाड्न दवाव  

काठमाडौं ।  लामो समयपछि आज माघ ३ गते नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षद्वयले चर्को रुपमा विवादित सभामुख  को भन्ने टुंगो लगाउने सम्भावना रहेको स्रोत बताउछ।  सुभाष नेम्वांग, अग्नि सापकोटा, डा. शिव माया तुम्बाहाङ्फे र पम्फा भुसाल मध्ये  कसैको नाममा पनि सहमति नजुटेमा  अन्य कुनै व्यक्तिको नाममा  सहमति  जुटाउने कोसिस हुने स्रोत बताउछ। 

अध्यक्ष प्रचण्डसंग २०७६ माघ २ गते माओवादी केन्द्रका केही पूर्व  नेताहरुले भेटघाट गरेको र त्यस्तो भेटमा सिन्धुलीको २ नम्बर क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य एवं पूर्व कृषि मन्त्री हरिबोल गजुरेलको नाम प्रस्ताव गरिएको स्रोत बताउछ।  सभामुख पद  पूर्व माओवादीले छाड्नै  हुन्न,  अब नेता हरिबोल गजुरेलको नाममा सहमति गरौँ भनेर  प्रचण्डसंगको भेटमा नेताहरुले प्रस्ताव गरेको स्रोत बताउछ। 

पूर्व माओवादीकै अर्का वरिष्ठ नेताका अनुसार, हरिबोल गजुरेलको नाम आएपनि प्रचण्डले भेटमा उपस्थित  नेताहरुसंग 'हुन्छ' भनेर स्वीकारेको थाहा नभएको बताए।   ती वरिष्ठ नेताले साँघु न्यूजलाई भने 'कसको नाममा  सहमति गर्ने भन्ने अहिलेसम्म टुंगो लागेको छैन।  दुई अध्यक्षको मनमा के छ ? अहिलेसम्म चुहिएको छैन।  अब यो विषयलाई अध्यक्षद्वयले चाडो टुंग्याउँदा प्रतिनिधिसभा, पार्टी र सरकारको हितमा रहेको पनि ती नेताले बताए।