🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरताको लागि साइकल ¥याली 

 काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल ¥याली तथा गोष्ठीको आयोजना गरेको छ ।

बैंकले माघ ११ गते वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचार÷प्रसारसम्बन्धी विभिन्न सन्देशमुलक प्लेकार्डसहित कान्तिपथ शाखाबाट सुरु भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हुँदै रामकोट नागार्जुन स्थित जनउद्धार मा. वि. सम्म साइकल ¥यालीको आयोजना गरेको छ ।

¥यालीमा १५० जनाभन्दा बढीको सहभागीता रहेको थियो । ¥याली समापन समारोहमा प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, जनउद्धारमाध्यमिक विद्यालयका प्रधानाध्यापक  रवि खनाल, नागार्जुन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष महेश रिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल तथा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले बैंकिङ्ग साक्षरतासम्बन्धी मन्तब्य राखे । 

सोही अबसरमा बैंकलेविद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु प्रदान गरेक छन् । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीलेफोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल र प्रधानाध्यापक  रवि खनाललाई हस्तान्तरण गरेका छन् ।

 

यसै गरी शुक्रबार बैंकको डुम्रे शाखा मार्फत तनहूँ जिल्लाको भानु नगरपालिका फुस्रेटारस्थित  भानु संस्कृत माध्यमिक विद्यालयमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । भानु नगरपालिकाका मेयर उदयराज गौलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा भानु नगरपालिकामा रहेका ७ विद्यालयका शिक्षकहरु र विद्यार्थी गरी करिब ३०० जनाको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा जनरल बैंकिङ्ग तथा डिजिटल बैकिङ्ग गरी दुई वटा साक्षरता कक्षा संचालन गरिएको थियो । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप समय–समयमा वित्तीय साक्षरताका यस्ता कार्यक्रमहरु संचालन गरी स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर वित्तीय साक्षरता लगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।