🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कफबाट बच्न यी उपाय अपनाऔं 

खोकी लाग्ने तथा कफको समस्याले धेरै मानिसलाई अति नै सताएको हुनसक्छ । यस्तो समस्यामा तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । अनि यस्तो समस्या देखा पर्न थालेमा सुरुवातमै घरेलु उपाय अपनाउन सकिन्छ । जानौं केही घरेलु उपायहरू :

पानी तथा भोजनमा तरल पदार्थ समावेश : रुघाखोकी तथा कफबाट आराम पाउनका लागि सर्वप्रथम अत्याधिक तरलपदार्थ पिउने गर्नुपर्दछ । यस्तो अवस्थामा तातोपानी, सुप आदि पिउनाले कफलाई विस्तारै निराकरण गर्दै लैजान्छ । कफीयुक्त चिजहरू तथा अल्कोहलको सेवन त्याग्नु पर्दछ । यी चिजहरूमा युरिन अत्याधिक हुने गर्दछ । जसले शरीरमा फ्लूइड कम गर्दछ । 

एरोमा स्टिम : वाफ लिनु कफ नियन्त्रणको अचुक उपाय हो । अझ वाफ बनाइएको पानीमा युकोलिप्टस तेल मिसाउँदा बन्द नाक खुल्ने तथा कफ हराउछ । खोकी पनि बन्द हुन जान्छ ।

 
मसालेदार भोजन : कफबाट राहत पाउनका लागि मसालेदार भोजन फाइदाजनक हुनसक्छ । यस क्रममा मासु, दूधजन्य पदार्थ र तैरिएका भोजनबाट चाहिं टाढै रहँदा राम्रो । 

भिटामिन : भिटामिन ए, सी तथा ई युक्त भरपुर डाइटले कफ तथा रुघाखोकी जस्ता संक्रमण अन्त्य गरी मानिसको प्रतिरक्षामा वृद्धि गर्दछ । 

लसुन र मह : तीन चार दाना लसुनको पोटी लिई यसलाई बराबर भागमा काटेर महमा मिलाउने र दैनिक दुईपटक एक चम्चा लसुन र महको यस मिश्रणको सेवनले कफको समस्याबाट टाढै राख्दछ ।