इन्डोनेसियाका आर्या परमाना नामका एकजना बालकले चार वर्षको अन्तरालमा एकसय दस किलो तौल कम गर्न सफल भएका छन् । उनलाई विश्वकै सबैभन्दा मोटो बच्चाको रुपमा चिनिन्छ । सन् २०१६ मा आर्याको तौल १९३ किलो थियो । त्यतिखेर उनको उमेर १० वर्षको थियो । अहिले उनले आफ्नो तौल घटाएर ८३ किलो बनाएका छन् ।
उनको फोटोहरू अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । आर्याको परिवारले दिएको जानकारी अनुसार आर्याले आफ्नो तौल घटाउन निकै मिहिनेत गरेका थिए । खानपानमा निकै ध्यान दिन्थे, नियमितरुपमा व्यायाम गर्दथे । यसबाहेक उनको एक ब्यारिएट्रिक सर्जरी पनि भएको थियो । अझै उनको दुई सर्जरी हुन बाँकी छ ।
आर्याको तौल घटाउनका लागि एकजना छट्टै टे«नर पनि नियुक्त गरिएको थियो । आर्याको परिवारका अनुसार, जब उनी जन्मिएका थिए तब उनको तौल साँढे तीन किलो थियो । सुरुवातमा सबै सामान्य नै थियो, तर जब उनी आठ वर्षका भए तब अचानक तौल बढ्न जाँदा १० वर्षको उमेरमा उनको तौल १९३ किलो भइसकेको थियो । आर्याको नाम विश्वमा सबैभन्दा मोटो बच्चाको रुपमा चर्चामा छ ।



