🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टिपरले दुई विद्यार्थीको  ज्यान लियाे 

विराटनगर, ३ फागुन (रासस) : विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको आज मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ टिपरले र सोही दिशातर्फ गइरहेको प्र २–०१–००१प १६०८ नं को मोटरसाइकललाई महानगर स्वागतद्वारस्थित ठक्कर दिंँदा दुई जनाको मत्यु तथा एक जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा सप्तरीको पतरा निवासी २२ वर्षीय हरेराम साह र सिरहा जिल्ला सुखिपुरका १९ वर्षीय ओजिर रायन र सप्तरीको रुपनी निवासी २० वर्षीय धनराज यादव रहेको प्रहरीले जनाएको छ । तीन जना सवार मोटरसाइकल ओभरटेकका क्रममा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । 

 ती विद्यार्थी गोल्डक पार्क कलेजमा ओभरसिरयरमा अध्ययनरत रहेका छन् । घाइते यादवको प्रादेशिक (कोशी) अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना गर्ने चालक र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
–––