🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शेयर बजार : कूल चार अर्ब ४२ करोडको कारोवार

 
काठमाडौँ, १ चैत : धितोपत्र बजारमा यस साता तीन दिन मात्रै कारोवार भयो ।  तीन दिनमा बजार चर्को उतारचढावपूर्ण अवस्थामा रह्यो । लामो बिदापछि मङ्गलबार खुलेको बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएपछि नकारात्मक सर्किट नै लाग्यो । 

साताभर कूल १८२ कम्पनीको कूल एक करोड ४० लाख ४८ हजार ९११ कित्ता शेयर रु चार अर्ब ४२ करोड ७७ लाख ४३ हजार ८७२ मूल्यमा खरिद बिक्री भए । आइतबार शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको थियो ।

नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि मङ्गलबार खुलेको बजारमा कारोवारको शुरुआतीदेखि नै ओरालोको यात्रा तय गरेको थियो । नेप्सेका अनुसार त्यस दिन नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । 

नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको थियो । सर्किट लाग्नुअघि कूल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर रु एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोवार भएको थियो । यस्तै मङ्गलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा बुधबार भने नेप्से परिसूचकमा उच्च वृद्धि देखियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अङ्कले बढेर एक हजार ४२३.०९ मा पुगेको थियो ।  कूल १८० कम्पनीका ५६ लाख २६ हजार ८१२ कित्ता शेयर रु दुई अर्ब २२ करोड १० लाख ८१ हजार ६९० मा खरिद बिक्री भयो । 

साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । त्यस दिन नेप्से ४५.९१ अङ्कले घटेर एक हजार ३७७.१८ मा पुगेको छ ।  कूल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर रु दुई अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको कारोवार भए । रासस