– ‘कोरोना भाइरस (कोभिड–१९) को त्रास विश्वभरि नै छाएको छ । त्यसैले केही समयका लागि श्रमस्वीकृति प्रदान गर्न स्थगित गरेका छौं ।’
– ‘श्रमस्वीकृति रोक्ने निर्णयमा हामी पुगिसकेका छैनौं । बरु सरोकारवालासंग यसबारे छलफल गरिरहेका छौं ।’(२०७६ फागुन १९ गते)
माथिका यी दुई अभिव्यक्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवबाट फरक–फरक समयमा व्यक्त भएका हुन् । झट्ट पढ्दा लाग्छ, श्रममन्त्रीले कोरोनाभाइरसको संक्रमणबारे सुरुमा सरोकारवालासंग छलफल गरे । त्यसपछि उनीहरूको सुझावसमेतलाई शीरोधार्य गरेर श्रमस्वीकृति बन्द गरिदिने परिपक्व निर्णय लिए । हुनुपर्ने यस्तो भए पनि श्रममन्त्री यादवले यसको ठीक उल्टो गरिदिए । पहिले श्रमस्वीकृति बन्द गरेको निर्णय सार्वजनिक गरे । त्यसपछि, श्रमस्वीकृतिबारे निर्णय गर्न सरोकारवालासंग छलफल चलिरहेको बताइदिए ।
फागुन १९ गते वैदेशिक रोजगारीमा जाने नेपालीको श्रमस्वीकृति बन्द गरेको निर्णय मन्त्री यादवले सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति (रासस) मार्फत प्रकाशमा ल्याएका थिए । सरकारीमाध्यमले तयार पारेको यो समाचार यसका ग्राहकहरूले प्रकाशित गरेपछिसानोतिनो तरंग नै ल्याइदियो भन्दा हुन्छ ।
कोरोनाको त्रास बढेकाले नागरिकको जिउ, धन रक्षाका लागि यस्तो कदम चालिनु मनासिव नै थियो । तर, मन्त्री राय यादव आफ्नो बोलीमा केही घण्टासम्म पनि टिक्न सकेनन् । दिउँसो श्रमस्वीकृति बन्द गरेको अभिव्यक्ति दिएका उनले त्यही“ दिन सा“झ बोली फेरिदिए– श्रमस्वीकृति बन्द भइसकेको छैन । सरोकारवालासंग छलफल गरिरहेका छौं । उपयुक्त समयमा यसबारे निर्णय लिन्छौं ।’
‘मन्त्रीजस्तो व्यक्तिले जिम्मेवार र परिपक्व ढंगले निर्णय लिनुपर्छ,’ श्रम मन्त्रालय स्रोतले साँघुसंग भन्यो, ‘तर,श्रममन्त्री विषयको गाम्भीर्यताभित्र नछिरी सतही बनिदिँदा आफैंले बोलेका कुरा फिर्ता लिनुपर्ने अवस्था सिर्जना भएको छ ।’
ती कर्मचारीका अनुसार, पछिल्लो श्रमस्वीकृतिको विषय त एउटा ताजा उदाहरण मात्रै हो । अन्य कतिपय गम्भीर विषयमा पनि श्रममन्त्री यसैगरी हल्का ढंगले प्रस्तुत भइदिने गरेका छन् । आफ्नो विवेकबाट नभई आसेपासे र गलत फाइदा लिने मनसायबाट वरिपरि झुम्मिरहने गिरोहको फन्दामा पर्दा मन्त्री हल्का हु“दै गएको बताइन्छ ।
वैदेशिक रोजगार व्यवसायीहरूको मायाजालमा परेर उनीहरूकै सल्लाहअनुसार अघि बढेका मन्त्री यादवले श्रमस्वीकृतिको निर्णय फिर्ता लिनुमा पनि तिनै व्यवसायीको भूमिका प्रधान रहेको जानकारहरू बताउ“छन् । ‘मन्त्री यादवआफ्नो विवेकले नभई व्यवसायीको इशारामा हिंड्दा उनको हैसियत पटाक्षेप भइरहेको छ,’ स्रोतले भन्यो, ‘श्रमस्वीकृति बन्द गर्ने निर्णयबाट मन्त्री १८० डिग्रीमा युटर्न हुनु पनि यसकै गतिलो प्रमाण हो ।’
वैदेशिक रोजगार व्यवसायीको स्वार्थसंगश्रमस्वीकृतिको मामला जोडिए पनि यो कूटनीतिस“ग पनि सम्बन्धित छ । जस्तोः नेपाल सरकारले लिने निर्णयले दातृ राष्ट्र चिढिने अवस्था आउन सरकारले दिनु हुँदैन । पछिल्लो श्रमस्वीकृति गर्ने निर्णय नेपालीको श्रमगन्तव्य मुलुकसंगको छलफलबिनै गरिएकाले सम्बन्ध चिसिने खतरा थियो । तर, मन्त्रीले यो महत्त्वपूर्ण पक्ष नजरअन्दाज गर्दै निर्णय गरेका थिए ।
कर्मचारी हैरान !
मन्त्री यादव जसै अपरिपक्व निर्णय गर्छन्, उसै कर्मचारी अप्ठ्यारोमा पर्ने गरेका छन् । पछिल्लो श्रमस्वीकृति बारेको निर्णयले पनि आफूहरू समस्यामा परेको गुनासो कर्मचारीहरूले गर्ने गरेका छन् । स्रोतका अनुसार, श्रम मन्त्रालयका सचिव विनोद केसी मन्त्रीको गलत र अपरिपक्व कदम सच्याउँदैमा हैरान भएका छन् । पछिल्लो श्रमस्वीकृति बन्द गर्ने मन्त्रीको निर्णय पनि सचिव विनोद केसीकै अग्रसरतामा सुल्झिएको थियो।



