🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सीमास्तम्भ  तोडफोड

भीमदत्तनगर, २ चैत : नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले चैत १ गते कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् ।

सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले केही दिनअघि मात्रै नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा सहायक सीमास्तम्भ ७८३÷४ निर्माण गरेको जानकारी दिनुभयो । “चैत १ गते काँग्रेस कार्यकर्ताले नेपाली भूमिमा उक्त सीमास्तम्भ गाडिएको भन्दै तोडफोड गरेछन् ।” उहाँले भन्नुभयो, “सो सीमास्तम्भ जोर–बिजोरका आधारमा नेपाली पक्षले नै बिजोर भएकाले निर्माण गरेका थिए ।”

गणपति साहुले दक्षिण क्षेत्रमा केही दिनयता सीमा विवादको विषय छलफलको विषय भन्दा सर्भे टोलीलाई काम गर्न पनि असहज भइरहेको बताउनुभयो । तत्कालीन संविधानसभाका पूर्व सदस्य बहादुरसिंह थापा, दिवान विष्ट र काँग्रेस जिल्ला कार्यसमितिका पदाधीकारी सीमास्तम्भ गाडिएको क्षेत्रमा पुगेका थिए ।

केही महिनाअघि सीमावर्ती भारतीय बजार बनबासामा बसेको संयुक्त सीमा सर्भे टोलीले कैलालीको खङ्ग्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्मको सीमास्तम्भ पुनःनिर्माणदेखि व्यवस्थापन गर्न बैठक डाकेको थियो । रासस