🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रमुख सचेतक खाणद्वारा सरकारलाई धन्यवाद

काठमाडौँ, १६ चैत (रासस) : नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक सामग्री चीनबाट नेपाल ल्याएकामा सरकारलाई धन्यवाद दिनुभएको छ ।

साथै उहाँले उक्त सामग्रीको गुणस्तरमा ध्यान दिँदै तत्काल सातै प्रदेश र प्रदेशबाट सबै जिल्ला तथा स्वास्थ्य केन्द्रसम्म पु¥याउन उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई टेलिफोनमार्फत आग्रह गर्नुभएको काँग्रेस संसदीय दलले जनाएको छ ।

    प्रमुख सचेतक खाणले थप उपकरण र स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अघि बढाइ स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन र लकडाउनको समयमा नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने प्रक्रिया सहज बनाइ उनीहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न माग गर्नुभएको छ । 

    उहाँले सुरक्षाको प्रबन्ध चुस्तदुरुस्त बनाएकामा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्वर न्यौपाने र नेपाल प्रहरीका प्रहरी महानिरिक्षक ठाकुर ज्ञवालीलाई समेत धन्यवाद दिँदै आगामी दिनमा थप सजग भई सर्वसाधारणलाई औषधि र अत्यावश्यक खाद्य सामाग्रीको व्यवस्थापन मिलाउनसमेत आग्रह गर्नुभयो । प्रमुख सचेतक खाणले सातै प्रदेशका काँग्रेसका संसदीय दलका नेता र प्रमुख सचेतकलाई पनि टेलिफोन गरी प्रदेशको अवस्थाका बारेमा जानकारी लिनुभएको संसदीय दलको कार्यालयले जनाएको छ । 
–––