🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 कस्तो मस्तिष्क–कस्तो विवेक ! 

  गत मार्च २६ को दिन अन्तर्राष्ट्रिय टेलिभिजनहरूबाट प्रसारित हुने समाचारमा एउटी लिबियन महिलाको बारेमा समाचार देखाइयाे, जुन ज्यादै भयावह थियो । महिलालाई अरुको अगाडि पर्नै नदिने नीति अख्तियार गरिने मुस्लिम समाजको त्यो कठोर निर्णय तोड्‍दै इमान  अल-ओबैदी नाम गरेकी ती महिलाले अन्तर्राष्ट्रिय पत्रकारहरू बसिरहेको होटेलमा एक्कासी प्रवेश गरिन । त्यसपछि, आफ्नाे शरीरबाट बुर्का हटाएर उनले रुँदै र कराउँदै सबैको सामु आफ्नाे शरीरका विभिन्न भागमा भएको निलडाम र रगत बगेको घाउहरू देखाइन । उनी चिच्याउँदै भनिरहेकी थिइन, उनको त्यो हालत कर्णेल गद्दाफीको मिलिसियाहरूले बनाएका हुन् ।

\"\"

(man Obeidi, who claims to have spent two days in detention after being arrested at a checkpoint in Tripoli, and later sexually assaulted while in custody, attempts to explain her story to journalists in Tripoli, in 2011. Mohamed Messara / EPA)

इमान अनुसार पन्ध्रजना मिलिसियाहरूले उनलाई बलात्कार गरेका थिए । तर, इमानको चित्कार त्यहाँ उपस्थित पत्रकारको भीडले धेरै बेर सुन्न पाएन, उनलाई सबैको सामु गद्दाफीका मानिसहरू आएर टाउकोमा कालो कपडाले छोपेर, हातमा समातेर घिसार्दै गाडीमा हालेर लगे । लगभग नौ दिन पछि अर्थात, अप्रिल चार तारिखको दिन सीएनएन टेलिभिजनका पत्रकारहरूको प्रयासबाट उनी आङ्खनी दिदी कहाँ लुकेर बस्नुपरेको पत्ता लाग्यो ।

त्यसै दिन उनीसंग सीएनएनका एन्ड्रसन कुपरले लिएको अन्तर्वार्तामा उनले आफूलाई त्यो दिन घिस्याँउदै गद्दाफीको सरकारले चलाएको टेलिभिजन स्टेसनमा पुर्‍याई सरकारको समर्थनमा बोल्नका लागि बन्दुक देखाएर बाध्य पारिएको तर आफूले कसैगरी पनि नबोलेको बताई न ।

उनको त्यो कुरालाई  प्रमाणित गर्ने दृश्य पनि टेलिभिजनमै केही दिन अगाडि प्रसारित भएको थियो, जसमा एउटी महिला भूइँमा लडिरहेकी देखिन्थिन । समाचारमै आए अनुसार उनको बयान बदल्न उनलाई उनका बाबु-आमालाई घर र पैसा दिने लोभ पनि देखाइयाे । तर, उनकी आमाले आफ्नाे छोरीको बहादुरीको तारिफ गर्दै गद्दाफीको तफबाट आएको घुसलाई लत्याइन । इमानको त्यो कार्य साँच्चै प्रशंसा गर्न लायकको थियो, त्यो ''इमान'' थियो सत्य र तथ्यप्रति नडग्ने !

त्यो ''इमान'' थियो महिलामाथि गरिएको अत्याचार नसहने ! त्यो ''इमान'' थियो, अरुलाई आड र भरोशा दिने ! अनि त्यो ''इमान'' थियो आफू मारेर होस् या अपमानित भएर होस, अरुलाई साँचो बोल भनेर सिकाउने ! उनले अप्रिल चार तारिखमा सीएनएनमा एन्ड्रसन कुपरलाई अन्तर्वार्ता दिंदै भनेकी थिइन,''उनीहरूले मेरो इज्जत लुटे, मानवता लुटे ।

मेरो आँखामा अल्कोहल खन्याए, हात खुट्टा बाँधेर राखे । उनीहरू पालैपालो एक पछि अर्को गर्दै आएर मेरो इज्जत लुटे । मेरो सहनशीलताले सीमा नाघ्यो ।'' उनको त्यो साहसिक कार्यको जतिसुकै प्रशंसा गरे पनि थोरै हुन्छ । उनी महिलाका लागि मात्र होइन मानवताको पधर जोसुकैको लागि पनि उदाहरणीय ब्यक्त्वित भएकी छिन । त्यो दृश्य बारम्वार टेलिभिजनको पर्दामा हेरिरहँदा नेपालमा बिक्रम सम्बत २०४७ को जनआन्दोलनको बेलामा ब्यापक प्रचार प्रसारमा आएको लक्ष्मी कार्कीमाथि भएको भनिएको बरर्बतापूर्ण कार्यको याद आयो, जुन बेला लक्ष्मी कार्कीलाई पृथ्वीनारायण्ँ क्याम्पस, पोखराको होस्टेलमा नै सामुहिक बलात्कार गरेर सेती नदीमा फालिसकियो भनेर जनमानसमा भय सिर्जना गराउने भरमग्दुर प्रयास गरिएको थियो । तर यसको उल्टो असरले गर्दा लक्ष्मी कार्की जीवितै छन भनेर टेलिभिजनको पर्दामा नै देखाएर सर्वसाधारणलाई चुप गराउने कोसिस भएको थियो । धन्न त्यति बेला हामीले लक्ष्मी कार्कीलाई गुमाउनु परेन । मुस्लिम राष्ट्रहरूमा महिलाहरूमाथि हुने ज्यादतिका खबरहरू समय समयमा आइन रहन्छन । त्यस्तै एउटा खबर इरानको पनि पढिएको थियो ।

जस अनुसार, इरानमा मृत्युदण्डको सजाय सुनाएर राखिएका महिलाहरूलाई मृत्यूदन्ड दिनुभन्दा अगाडि जेलका गार्डहरूले बलात्कार गर्छन, ताकि, कुमारीत्व नगुमाई मारिएर उनीहरू स्वर्ग नपुगुन  मानव भनिएकाहरूले गर्ने यस्ता जघन्य अपराधिक कार्यहरू कहिले रोकिने होलान ? प्रसंग फेरि इमान अल-ओबिदकै, उनलाई विश्वभरका पत्रकारहरूका सामुन्ने घिसारिएर लगिसकिएपछि, समाचार माध्यमहरूले गरेको सोधीखोजीको जवाफमा लिबियन सरकारका प्रवक्ताहरूले इमान खराब महिला हुन भनेर प्रमाणित गर्न जोडतोडले लागिरहेछ । खराब हुनुको कारण चाहिं, उनी पतिसंग सम्बन्ध बिच्छेद गरेर बसेकी महिला हुन रे, अनि यौन ब्यापार पनि गर्छिन रे !

वाह, समाज महिलालाई  एक्लै जीवन बिताउने पनि अधिकार छैन ! इमानकी आमा आइशा  अहमदका अनुसार उनकी छोरी कानून विषयय पढ्‍दै थिइन रे ! उनी कानूनकी विद्यार्थी हुन वा नहुन, सम्बन्ध बिच्छेद गरेर बसेकी महिला हुन या अरु जे सुकै गर्दै बसेकी महिला हुन, उनलाई पनि आफ्नाे जीवन स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार पूर्ण रुपमा छ । तर त्यस्तो अत्याचारी शासकको विरुध्द नाटो संगठन तथा पश्चिमा शासकहरूले गरेको हस्तक्षेपमाथि पनि केही नेपाली बुज्रुगहरूले विरोध गर्न चुकेनन् !

त्यो पनि विशेषगरी मार्क्सवादमा आस्थाराख्नेहरूले ! के मार्क्सवादले महिलाहरूमाथि जघन्य अपराध गर भनेर सिकाउँछ ? मुस्लिम देशहरूमा महिलाहरू माथि हुने ज्यादतीको त गन्ती गरेर साध्य नै छैन, कतै महिलाको लिपिष्टिक लगाएको ओंठ देखे काटिदिने उर्दी त कतै महिला अधिकारको बारेमा बहस गर्न नपाइने धम्की त कतै ''अनर किलिङग'' (खानदानी इज्जत जोगाउन आफ्नै बाबु र दाजु-भाइले महिलाहरूको हत्या गर्ने चलन) त आजको विश्वमा मामूली नै छ । तर, यस्तो समयमा पनि भीडमा एक्लै भएपनि साहसकासाथ उभिने महिलाहरू भने देखिन छाडेका छैनन, चाहे उनीहरूले यसका लागि आफ्नाे ज्यानको बाजी नै लगाउन किन नपरोस् ! 

 यसै प्रसंगमा, सन् २००९, जुन बीस तारिखका दिन २६ बर्षकाे कलिलो उमेरमै तेहरानको सडकमा आयातुल्ला खोमेनीले स्थापना गरेको ''बासिज समूह'' नामक मिलिसियाको सदस्यबाट मारिएकी नेदा आघा ( सुल्तानको नाम पनि उल्लेखनीय हुन आउंछ) । फारशी भाषामा ''नेदा'' को अर्थ ''दैवी सन्देश'' या ''आवाज'' भनिने नेदाको हत्या सन् २००९ को इरानियन चुनावको रिजल्टलाई लिएर विरोध गरिरहेका प्रदर्शनकारीहरूको माझमा भएको थियो । उनको हत्यालाई प्रदर्शनकारीहरूले भिडियोमा कैद गरेर यु(ट्‍युबमा राखेका थिए, जसले विश्वभरनै त्यहाँको राजनीति र महिला आन्दोलनमा चासो राख्नेहरूको बीचमा तहल्का मचाएको थियो ।

यस्ता घटनाहरू भैरहँदा यो पंक्तिकारलाई आफ्नै देशको पौराणिक कथाको याद आउँछ । जुन कथा अनुसार भाइभाइमा भएको राज्य र सत्ताको खिचातानीमा एउटा पक्षले अर्को  पक्षलाई गिराउन रजस्वाला भएकी द्रौपदीलाई भारी राज्यसभामा ल्याएर निर्बस्त्र गर्न खोज्ने त्यो समाज र इमान अल ( ओवैदीलाई त्यति ठूलो जमघटबाट घिसारेर लैजान सक्नेहरूको बीचमा कति नै ठूलो भेद देखिन्छ र ? 

 यसरी यत्रतत्र महिलाहरूमाथि हुने हिंसा र ज्यादती मात्रै होइन, मानवताकै उपहास हुनेगरी ज्यादती गर्ने  शासकहरूविरुद्ध त्यस्ता ज्यादतीहरू रोकियोस्  भन्नका खातिर हस्तक्षेप  भयो भने पनि मानिसहरू विरोधमा उत्रिन्छन । किन होला ? यो कुरो भने बुझ्नै सकिएन ! राजनैतिक आस्थाको नाममा विरोधीले गरेको राम्रै काम पनि खराबै हुने, आफ्नाे आस्था भएको समूहले जस्तोसुकै घृणित कार्य गरे पनि असल ठान्ने कस्तो मस्तिष्क, कस्तो विवेक त ?

May 16, 2011 at 6:56 AM