🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उपरथी ईश्वर हमालकाे रथीमा बढुवा फाइल उठ्याे : हल्लाखल्ला सुक्याे 

काठमाडाैं । नेपाली सेनाका बलाधिकृत रथी शरद गिरी २०७७ जेठ २३ गतेबाट १५ दिन विदामा बसेकाे खबर छ ।  रथी  गिरी २०७७ असार ६ गतेबाट अवकास हुँदैछन् । नेपाली सेनाका रथीवृन्द अवकास हुनु १५ दिनअघि विदामा वस्ने सैनिक परम्पराअनुसार रथी गिरी  जेठ २३  शुक्रवारबाट विदामा बसेका हुन् ।

बलाधिकृत गिरीले आगामी असार ६ गते लामो सैनिक सेवावाट अनिवार्य अवकास पाउंदैछन् । नेपाली सेनाका बलाधिकृत रथी शरद गिरी रिक्त ठाउँमा वरियताको आधारमा उपरथी ईश्वर हमाल सेनाको तीन तार जर्नेलमा बढुवा हुनेछन् ।

स्राेतका अनुसार, उपरथी ईश्वर हमालकाे बढुवाका लागि जङ्गी अड्डाले सार्वजिनक सूचना समेत प्रकाशित गरेकाे छ। रथी बढुवा समितिले जारी गरेकाे  सार्वजनिक सूचनाकाे म्याद समाप्त भएपछि रक्षा मन्त्रालयमा बढुवा सिफारिस हुनेछ ।

रक्षा मन्त्रालयले मन्त्रिपरिद् मा रथी बढुवाका लागि उपरथी हमाललाई सिफारिश गरेपछि  मन्त्रिपरिद् बाट बढुवा हुनेछ । वरिष्ठ  उपरथी ईश्वर हमाललाई उपरथी  राजेन्द्र कार्कीले उछिन्ने हल्ला याे बीचमा निकै चलेकाे थियाे ।

नेपाली सेनामा ठाडै वरिष्ठ मिच्ने काम चाहिं भएकाे छैन । बरू २/४ महिना रथीकाे पद नै रिक्त राखेर  ३/४ महिनापछि वरिष्ठ उपरथीहरूलाई घर पठाएर रथी बढुवाकाे सिफारिस  गर्ने काम चाहिं भएकाे रेकर्ड शरद गिरीकै पालामा कायम भएकाे छ । कुनै  व्यक्तिका  लागि नेपाली  सेनामा ३/४ महिनासम्म रथीकाे बढुवा सिफारिस नहुँदा प्रधानसेनापति पूर्णचन्द्र थापाकाे निकै आलाेचना पनि भएकाे थियाे ।  

उपरथी ईश्वर हमाल हाल यूएन डिसइन्गेजमेन्ट अब्जरभर फोर्सको फोर्स कमान्डरमा नियुक्त भए पनि विश्वव्यापी काेभिड १९ का कारण शान्ति सेनाकाे चयनकाे गतिविध राेकिएकाले उपरथी हमाल हाल जङ्गी अड्डाकै प्रबन्ध रथी विभागमा कार्यरत रहेका छन् । विश्वव्यापी लकडाउनका कारण उनले यूएन फोर्स कमान्डरकाे जिम्मेवारी सम्हाल्न पाएका छैनन् ।

उपरथी हमाल नेपाली सेनाबाट शान्ति मिसनको महत्वपूर्ण ओहदामा पुग्ने छैटौं जर्नेल हुन् ।  हमाल नेपाली सेनामा २०४० कार्तिक २२ मा सैनिक अधिकृतका रुपमा सेवा प्रवेश गरेका थिए ।

उपरथी  ईश्वर हमालको रथीमा बढुवासंगै बलाध्यक्षरथी  प्रभुराम  शर्मा सेनाको सवैभन्दा शक्तिशाली मानिने बलाधिकृतरथी  (Chief of General Staff) मा सरुवा हुनेछन् भने हमाललाई सरकारले बलाध्यक्षरथीको जिम्मेवारी दिनेछ ।