🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तनहुँका स्थानीय तहले संयुक्त लगानीमा ‘पिसिआर’ खरिद गर्ने

तनहुँ । तनहुँ जिल्लाका स्थानीय तहको संयुक्त लगानीमा कोरोना परीक्षणका लागि पिसिआर उपकरण खरिद गरिने भएको छ । कोभिड–१९ को नियन्त्रण, उपचार तथा व्यवस्थापन गर्ने क्रममा क्वारेन्टिनमा रहेका व्यक्तिको पिसिआर परीक्षणमा ढिलाइ भएपछि जिल्लाका स्थानीय तहले  सो उपकरण खरिद गर्न लागेका हुन् ।

    बिहीबार बसेको स्थानीय तहका प्रमुखसहितको बैठकले सो उपकरणसहितको पूर्वाधार निर्माण गर्न रु एक करोड बजेट विनियोजन गर्ने र उक्त बजेट स्थानीय तहबाट खर्च व्यहोर्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति ९जिसस० तनहुँका प्रमुख शान्तिरमण वाग्लेका अनुसार उक्त कार्यका लागि शुक्लागण्डकी नगरपालिकाले १४, व्यास नगरपालिकाले १२, भीमाद नगरपालिकाले १२, भानु नगरपालिकाले १२, म्याग्दे गाउँपालिकाले नौ, आँबुखैरेनी गाउँपालिकाले नौ, ऋषिङ गाउँपालिकाले नौ, घिरिङ गाउँपालिकाले नौ र देवघाट गाउँपालिकाले पाँच प्रतिशत बजेट व्यहोर्ने निर्णय गरिएको छ ।

     शुक्लागण्डकी नगरपालिकाले रु १४ लाख, व्यास नगरपालिकाले रु रु १२ लाख, भानु नगरपालिकाले रु १२ लाख, भीमाद नगरपालिकाले रु १२ लाख, म्याग्दे गाउँपालिकाले रु नौ लाख, आँबुखैरेनी गाउँपालिकाले रु नौ लाख, बन्दीपुर गाउँपालिकाले रु नौ लाख, ऋषिङ गाउँपालिकाले रु नौ लाख, घिरिङ गाउँपालिकाले रु नौ लाख र देवघाट गाउँपालिकाले रु पाँच लाख खर्च व्यहोर्नेछन् ।

    क्वारेन्टिनमा बसेकाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी पोखरा पठाउनुपर्ने र पोखरामा परीक्षणमा ढिलाइ हुने गरेकाले जिल्लामै उपकरण राखेर कोरोना परीक्षणका लागि स्थानीय तह अग्रसर भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “गण्डकी प्रदेशको पोखरामा मात्रै पिसिआर परीक्षण हुँदा रिपोर्ट आउन ढिलाइ भइरहेको छ, जिल्लामै उपकरण राखेर परीक्षण गर्न सके सहज हुन्छ”, उहाँले भन्नुभयो, “सोही कारण सबै स्थानीय तहको सहभागितामा उपकरण खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।”

    नेपाल सरकारले तोकेको मापदण्डबमोजिम पिसिआर परीक्षण गर्ने उपकरण खरिद गरी आवश्यक पूर्वाधार निर्माण गर्ने जिम्मेवारी शुक्लागण्डकी नगरपालिकालाई प्रदान गरिएको छ । पिसिआर परीक्षणका लागि प्रयोगशाला शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा स्थापना गरिनेछ । पिसिआर प्रयोगशालाका लागि आवश्यक जनशक्ति गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयसँग माग गर्ने निर्णयसमेत भएको छ ।

    म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीलगायतको उपस्थिति थियो । 

४६८ को रिपोर्ट आउन बाँकी

    जिल्लास्थित विभिन्न क्वारेन्टिनमा रहेका व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइए पनि अझै ४६८ जनाको रिपोर्ट आउन बाँकी छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार भानु नगरपालिकाका २३, व्यास नगरपालिकाका १४३, शुक्लागण्डकी नगरपालिकाका ३३, भीमाद नगरपालिकाका ४५, म्याग्दे गाउँपालिकाका ४१, घिरिङ गाउँपालिकाका ५२, ऋषिङ गाउँपालिकाका १३१ जनाको रिपोर्ट आउन बाँकी छ । 

    जिल्लामा हालसम्म ८९३ को स्वाब सङ्कलन गरिएकामा ४२२ को रिपोर्ट नेगेटिभ छ भने तीनजनामा कोरोना पुष्टि भएको छ । तीनजनाको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।