🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २०७७ असार ९ गते । ललितपुर, ललितपुर महानगरपालिका-२९ हरिसिद्धि डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-२ घर भएका २३ वर्षीय शम्भु राईलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शम्भुले एक महिलालाई जेठ २९ गते विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

पर्वत, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-३ बस्ने ३२ वर्षीय रविन जिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिसीले ती महिलालाई जेठ १५ गते जबरजस्ती करणी गरेको घटनाको अनुसन्धानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  । उनी उपर जबरजस्ती करणी अपराध मुद्धामा जिल्ला अदालत पर्वतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बारा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा निजगढ नगरपालिका-११ रतनपुर बस्ने ५३ वर्षीय झनक बहादुर खड्कालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई २०७६ फागुन २५ गते राति जबरजस्ती करणी गरेको भन्ने पीडितले २०७७ असार ७ गते दिउँसो ईलाका प्रहरी कार्यालय निजगढमा लिखित जाहेरी दिए पश्चात तत्काल खटिएको प्रहरीले खड्कालाई पक्राउ गरेको हो ।