🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लकडाउन अवधिको भातकाे शुल्क समेत तिर्न सरकारी स्कुल बूढानीलकण्ठकाे उर्दी  !

काठमाडौं । सरकारमातहतको बूढानीलकण्ठ स्कुल (सरकारी गुठी) ले लकडाउन अवधिको शुल्क तिर्न अभिभावक तथा विद्यार्थीलाई बिल थमाएको छ । २०७६ चैत ५ गते स्कुल बन्द भए पनि विद्यार्थीसँग पूरै चैत महिनाकाे शुल्कका साथै भात खर्चसमेत उठायाे ।

निजी विद्यालयले लकडाउन अवधिको शुल्क असुली गर्न थालेपछि सरकारले त्यसो नगर्न सार्वजनिक अपिल गरेको थियो । तर सरकारमातहतकै बूढानीलकण्ठ स्कुलले लकडाउन अवधिको भातकाे शुल्क बुझाउन उर्दी जारी गरेको छ । 

बूढानीलकण्ठ स्कुलका एक अभिभावकले वैशाखदेखिको शुल्क भुक्तानी गर्न बिल पठाइएको जानकारी दिए । ती अभिभावकका अनुसार, कुल शुल्कमा २५ प्रतिशत छुट दिइएको छ । उक्त छुट खानाबापतको भएको विद्यालयले जनाएको छ । 

बूढानीलकण्ठ स्कुल व्यवस्थापन समिति अध्यक्ष विगतमा शिक्षा सचिव हुने गरेकोमा केही वर्षयता शिक्षाकै सहसचिव रहने व्यवस्था छ । ट्रष्टीमा भने  शिक्षा सचिव अध्यक्ष रहन्छन् ।

सचिव र सहसचिव विद्यालयसँग प्रत्यक्ष जोडिए पनि सरकारकै निर्देशन अवज्ञा गरेर शुल्क भुक्तानीका लागि दबाब दिइएको गुनासो अभिभावकले गरेका छन् ।  

यो स्कुललाई  बर्सेनि सरकारले पाँच करोड रूपैयाँ अनुदानसमेत उपलब्ध गराउने गरेको छ । सरकारकै संरक्षणमा रहेको विद्यालयले किन यस्तो निर्णय गर्यो  त ? यसबारे जानकारी लिन विद्यालय व्यवस्थापनसँग जानकारीको प्रयास गर्दा सम्पर्क स्थापित हुन सकेन ।