🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महिलाले यसरी गरेका हुन्छन् संघर्ष

संघर्ष भन्ने शब्द आजकल राजनीति वृत्तमा निकै नै परिचित हुँदै आएको छ, जानेर होस् या नजानेर  । तल्लो तहका नेता तथा कार्यकर्ता पनि आफूले कुनै कामै नगरे पनि मैले धेरै संघर्ष गरेर आएको हुँ भन्ने गरेका हुन्छन् । सामान्य कुनै ब्यक्ति पनि कुनै पेशा वा व्यवसायमा लागेको छ भने उसले प्रयोग गर्ने भन्ने शब्दनै त्यही हुन आउँछ । तर, जसले जीवनमा आफू बाँच्नको लागि कति धेरै अबिरल रुपमा संघर्ष गरि आइरहेका छन् । तिनीहरू भने ओझेलमा परेका छन् । 

हाम्रा गाउँ घरका दिदी–बहिनीहरूको संघर्षको कथा लेख्ने हो भने एउटा सिंगो महाभारत नै बन्न सक्दछ । तिनीहरूले गरेका संघर्ष राम्रोसंग नियाल्ने हो भने कति दुःखदायी छ, पीडाको वर्णन गरी साध्य छैन । समयको अन्दाजगर्न नपाएर मध्यरातमा उठेर आकाशतिर हेर्दै ध्रुबताराको सहयोगबाट समय निक्र्यौल गरेका हुन्छन् । कामगर्न ढिला हुन्छ भन्दै ढिकी, जाँतो, कुँडो पानी, घाँस दाउरा उज्यालो हुन नपाउँदै भ्याई सकेका हुन्छन् । पुरुषवर्ग भने आङ्मा घाम नलागुञ्जेलसम्म मस्त निद्रामानै हुन्छन् ।

  महिलाले यसरी गरेका कामहरूको कुनै मूल्यांकन भएको हुँदैन । दिनभर डुल्दै हिंड्ने र घरको केही काम नसघाउने पुरुषले भने केही नगरेको भएपनि मूल्यांकन ठहर्ने । यसरीहाम्रो पुरुषवादी प्रवृत्तिमा कहिले सुधार आउने ? सबैको लागि चिन्तनको विषय हुनु पर्ने हो ।

दिनभर खेतबारीमा काम गरेकै हुन्छन् । रातपरे पछि घर फर्किदा पनिउनीहरूले आरामगर्न पाएका हुँदैनन् । खाना बनाउने काम उनीहरूको पेवा जस्तै हो । कसैले सघाउने होइन । खाना पकाउने, घरपरिबारका सबै सदस्यहरूलाई खुवाउने र सुतिसकेका बच्चाहरूलाई उठाएर खुवाउने जिम्मा पनि यिनै महिलाहरूको हुन्छ । भाँडा माझ्नु, घरभित्रको सर सफाई गर्नु अनि भोलिको लागि व्यवस्था मिलाउनु जस्ता कार्यहरू पनि यिनै महिलाको थाप्लोमा परेका हुन्छन् । यस प्रकारले महिलाले गर्नेकाम एक प्रकारको सिक्री जस्तो हुन्छ । जति गरेपनि पुनरावृत्ति भईनै रहने । जुन चुँडिना साथ भताभुंग हुन्छ । 

पुरुषवर्गले महिलाले गरी आएका काम सम्हाल्न सक्ने हिम्मतसम्म पनि गर्न सकेका हुँदैनन् । महिलाले यसरी काम गरे पनि पुरुषहरूले महिलाको कामलाई हेयको दृष्टिले हेरेका हुन्छन् । तुच्छ काम सम्झिन्छन् । महिलाले गर्दै आएका काम पुरुषले गर्न हुन्न भन्ने धारणाको विकास भएको पाईन्छ । एकलौटी किसिमबाट धेरैभन्दा धेरै काम महिलाले सम्पादन गर्नु पर्ने बाध्यता छ । बालबच्चाहरूको सरसफाई र खानपिनको ब्यवस्था समेत पुरुषले गर्ने काम होइन भन्ने जस्ता महिलालाई शोषण गर्ने अनेक किसिमका बाहानाबाजी पनि पुरुषले नै गरेकै हुन्छन् ।

घरधन्दादेखि लिएर खेतीपातीसम्मको सबै काम महिलाले गर्दा पनि महिलाप्रति पुरुषको सहानुभूतिसम्म गएको हुँदैन । अरु कुरा छोडि दिउँ । यसरी आफ्नो शरीरलाई जोखिममा राखेर कामगर्दा पनि पुरुषखुशी हुन सक्दैनन् र उल्टै महिलालाई आक्षेप लगाएकै हुन्छन् । आफू पनि केही नगर्ने, महिलाले गरेका कामलाई पनि जस, ईज्जत नदिंदा महिलाहरू एक प्रकारले उत्पीडनमा परेका छन् ।

घरेलु कामबाट हुने आयको गणना गर्ने हो भने पुरुषको तुलनामा महिलाको आयको अंश ठूलो भएपनि महिलालाई स्थान दिइएको पाइँदैन । यसमा पनि पुरुषले आफ्नै संघर्षलाई अघि सारेको हुन्छ । महिलालाई राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा बराबरीको हैसियतले अघि सारिएको भनिए पनि त्यस्तो अवस्था देखिंदैन । शिक्षा, स्वास्थ्य, रोजगारी आदि जस्ता क्षेत्रमा महिला पछाडिनै परेका छन् । 

अझै पनि महिलाहरूले अकालमै मृत्यूवरण गर्नु परेको छ । छाउगोठ, छाउपडी प्रथा, छोईछिटो आदि जस्ता सामाजिक कुरुतीलाई हाम्रो राजनीति व्यवस्थाले हटाउन सकेको छैन । कति महिला प्रश्रव बेदनाबाट मृत्युवरण गरिरहेका छन् । घरपरिबाट हुने हिंसा पनि उनीहरूले सहनुनै परेको छ । बलात्कार, हत्या, हिंसा जस्ता अमानवीय कुरा उनीहरूको लागि साधारण बन्दै गएका छन् । आधा आकाश ढाकेका महिलालाई उत्पीडनमा राखेर राजनीतिले ल्याउने प्रतिफल राज्यको हित गर्छ भन्नु एक कोरा कल्पना मात्र हुनेछ ।

महिलाहरूले आफू बाँच्न र अरुलाई बचाउन गरेको संघर्ष न त परिवारले मूल्यांकन गरेको छ न त समाजले नै । राज्यले पनि महिलाको उत्थानको लागि स्थानीयतहमा केही कार्यक्रम राखे जस्तो गरेपनि ती प्रभावकारी हुन सकेका छैनन् । बरु महिला स्वयम्ले नै आमा समूह, महिला समूह, महिला सहकारी समूहजस्ता केही सानातिना कार्यक्रमहरू संचालन गरी आएका भएपनि तिनीहरूलाई भरथेग गर्ने काम स्थानीय सरकार, प्रदेश गरेका तथा संघीय सरकारले गरेका देखिदैनन् । जे होस उनीहरूले आफ्ना पीरमर्का अरु कसैले नबुझे पछि स्वयं उनीहरूनै जागरुक भएर अघि बढिरहेका छन् । सानै भएपनि यस्ता कामहरूलाई सबैले सह्रनागर्नै पर्दछ ।

अन्त्यमा,
संवैधानिक रुपमा महिला पुरुष सरह मानिए पनि व्यवहारमा त्यस्तो देखिंदैन । अझै पनि गाउँघरमा महिला उपर भेदभाव गरिएकै छ । उनीहरू पुरुषबाट थिचोमिचो भईनै रहेका छन् । पुरुष सरह शिक्षा पाउन सकिरहेका छैनन् । उनीहरूले गरी आएका कामको मूल्यांकन हुन सकेको छैन । मनभित्रका दुःख र पीडालाई आफैभित्र राखी अहोरात्र संघर्ष गरिरहेकै छन् । आफूले नखाईकन पनि घरका परिवारलाई सन्तुष्ट पारेकै छन् । आफूले शिक्षा प्राप्त गर्न नपाएपनि आफ्ना सन्तानलाई शिक्षा दिई आएकै छन् । आफूले गाँस काटेर भएपनि आफ्ना बालबच्चाहरूलाई खुशी पारेकै छन् ।

बालबच्चा बिरामी हुँदा पहिलो भूमिका उनीहरूलेनै निभाएका हुन्छन् । यसरी अप्रत्यक्ष रुपमा एउटा महिलाले कष्टकर संघर्ष गरेर आफ्ना साना सानाबच्चाहरूको भविष्य उज्वलवबनाउन संघर्ष गरिरहेकी हुन्छिन् । उनको संघर्षलाई व्यक्ति, परिवार, समाज र राज्यले समेत कदर गर्नु नै उनीप्रति ईज्जत गरेको ठहरिनेछ ।
(पराजुली नेपाल सरकारका पूर्व उपसचिव हुन्)