🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्व माओवादी छिन्नभिन्न भएकोमा प्रचण्ड दुःखी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादले निकास नपाइरहेका बेला स्थायी समितिमा दुई धार देखिएको छ । एउटा धार प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्नुपर्ने पक्षमा छ भने अर्को माधव नेपालसँग । 

केपी ओलीसँग २०७७  मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्तावमा सहमति गरेका प्रचण्डले आफू यूटर्न भएलगत्तै २०७७ साउन  ५  गते  सोमबार पूर्वमाओवादी खेमाका नेता बोलाएर छलफल गरे । छलफलमा सहभागी एक नेताका अनुसार, केपी ओली पक्ष र माधव नेपाल पक्ष एक ढिक्का,  एकजुट रहेकाे  हुँदा आफ्नाे नेतृत्वकाे माओवादी खेमा पार्टी एकीकरण पछि आफूलाई छाडेर  छिन्नभ न्न बनेको भन्दै प्रचण्डले दुःख व्यक्त गरेका थिए । आफ्नाे नेतृत्वमा एमालेसंग एकीकृत भएकाे  माओवादी

पार्टीका नेताहरू आज काेही केपी ओलीसंग काेही माधव नेपालसंग गएर उनीहरूकाे गुटलाई बलियाे बनाउने र  मलाई कमजाेर बनाउने  काम भएकाे भन्दै गुनासाे राखेकाे स्राेत बताउछ । 

‘माधव र ओली हाम्रा साथीलाई समेटेर एक ढिक्का छन्, तर हामी छिन्न भिन्न भयौं,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर, मलाई साथ दिने कोही भएन ।’ 

स्राेतका अनुसार, प्रचण्डको यस्तो गुनासोपछि नेताहरूले  आआफ्नाे धारणा राखेका थिए । सो क्रममा केहीले ओली र केहीले माधवसँग मिलेर अघि बढ्न सुझाएका छन् ।

केपीसँग नभई माधवसँग मिल्न सुझाव दिनेमा मात्रिका यादव, चक्रपाणि खनाल र देव गुरुङलगायत थिए । नारायणकाजी श्रेष्ठ पनि केपीसँग मिल्न नहुने पक्षमा छन् । 

वर्षमान पुन भने  कूटील रूपमा जता पुग्याे उतैकाे गुटकाे जस्ताे भूमिका रहेकाे  ठहर नेताहरूकाे रहेकाे छ । उनी दुवै समूह मिलेर अगाडि बढ्नुपर्ने नत्र सबैकाे भविष्य अन्धकार हुने  मत राख्ने गरेकाे स्राेत बताउछ। 

टोपबहादुर रायमाझी, मणि थापा, हरिवोल गजुरेलले ओलीसँग मिल्नुपर्ने आवाज चर्को बनाउँदै लगेकाे प्रचण्ड निकट स्राेत बताउछ । २०७७ साउन ५ गते  सोमबारको खुमलटारको भेलामा पनि उनीहरूले प्रष्टै रुपमा ओलीको पक्ष लिएको बताइएको छ ।

लेखराज भट्ट र रामबहादुर थापा बादल पनि प्रचण्डसँग चिढिएका छन् । स्रोतका अनुसार, ढलपलजस्ता देखिएका  गृह मन्त्री थापाले पनि केपीलाई साथ दिने भन्दै लाइन प्रष्ट पारेको नेकपाका एक नेताले बताए ।