🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एक थान जरायोको सिङसहित एक पक्राउ

राजापुर, २१ साउन (रासस) : बर्दियामा एक थान जरायोको सिङसहित प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ । बर्दियाको गुलरिया नगरपालिका– ७ बस्ने ३१ वर्षीय बाबुराम लोधलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । 

लोधलाई भे१प २८८४ नंको मोटरसाइकलमा जरायोको सिङ लैजाँदै गरेको अवस्थामा सीमा प्रहरीचौकी मथुराबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका–९ बाट पक्राउ गरिएको हो ।

पक्राउ गरिएको जरायोको सिङ, मोटरसाइकलसहित लोधलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
–––