🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साउदी गठबन्धनद्वारा यमनबाट आएको क्षेप्यास्त्र आकाशमा नै नस्ट

रियाद, साउदी अरब, पुस २२  (रासस/सिन्ह्वा) : यमनी हुथी विद्रोही विरुद्ध सङ्घर्षरत साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनबाट साउदी सीमाक्षेत्रमा पर्ने नाजरान शहरलाई लक्षित गरी प्रहार भएको व्यालेस्टिक क्षेप्यास्त्रलाई आकासमा नै नस्ट गरिदिएको साउदी प्रेस एजेन्सीले शुक्रबार जनाएको छ । 

गठबन्धनका प्रवक्ता तुर्की अल माल्कीद्वारा हस्ताक्षर गरिएकोे एक विज्ञप्तिमा भनिएको छ, “यमनी भूमिबाट साउदीको मानववस्तीमा लक्षित गरी आक्रमण गरेको देखेपछि उक्त क्षेप्यास्त्रलाई प्याट्रियट ब्रिगेडले आकासमा ध्वस्त पारिदिएको छ ।” 

क्षेप्यास्त्रलाई आकासमा नस्ट गरिएको भएपनि यसबाट उछिट्टिएर आएका टुक्राले सीमाक्षेत्रका भौतिक संरचनामा सामान्य क्षति भएको तर मानवीय क्षति भने नभएको बताइउको छ । 

साउदी अरबले आक्रमण प्रयासलाई ‘शत्रुतापूर्ण’ भन्दै यसमा हुथी विद्रोहीलाई सघाउन इरानको हात रहेको आरोप लगाएको छ । 

यमनी भूमिबाट केही हप्ता पहिले पनि यस्तै आक्रमण प्रयास भएको थियो । उक्त प्रयासलाई पनि आकासमै साउदी गठबन्धनले विफल पारेको जनाएको थियो । 
–––