🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

डाँका चोरी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

कैलाली, २०७७ भदौ १९ गते । डाँका चोरी मुद्दाका फरार प्रतिवादी गौरिगंगा नगरपालिका-२ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाँउ बस्ने ५० वर्षीय फुलपाती चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई २०६६ असार २ गतेको जिल्ला अदालत कैलालीको फैसलाले ६ वर्ष कैद र  ४ चार हजार १ सय ४७ रुपैयाँ पैंसठ्ठी पैसा जरिवाना ठहर भई फरार रहेका थिए । जिल्ला अदालत कैलालीको फैसला पुनरावेदन अदालत दिपायलबाट समेत सदर भएको थियो ।

 गौरिगंगा नगरपालिका-२ स्थित स्थानीयको घरमा २०५८ साल माघ ४ गते राति हातहतियार सहित आएको समूहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न उनीहरुलाई तत्कालै पक्राउ गरी सम्पूर्ण अनुसन्धान कार्य पश्चात कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय कैलालीमा पठाएकोमा २०६१ साल माघ २७ गते  कैलाली कारागारबाट भागी फरार भएका थिए ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि  जिल्ला अदालत कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।