काठमाडौं, पुस २५ \\ डा.गोविन्द केसीलाई अपराधी-बन्दीलाइ जस्तो ब्यबहार गरिएको, निर्धारित समयभन्दा अगावै ८.४० मै अदालत पुर्याइएको र केसी पक्षका वकीलहरुमध्ये जम्मा एकजनालाइ मात्र प्रवेश दिइएकोमा केसीसमर्थकहरु आक्रोशित छन्।
डाक्टर केसीका एकमात्र वकिल सुरेन्द्र भण्डारीमात्र सर्वोच्चको बहसमा पुगेका छन्। अदालतमा सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ भने कर्मचारीबाहेक कसैलाई प्रवेश दिइएको छैन।



