🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाटो बनाउँदा पुरातात्विक संरचना भेटियोे

जीतपुर, कपिलवस्तु, २६ पुस (रासस) : बाटो बनाउँदा बनाउँदै यहाँ ‘पुरातात्विक’ संरचना भेटिएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका–३ सिद्धार्थटोलमा सोमबार बाटो बनाउने क्रममा ‘पुरातात्विक’ संरचना भेटिएको हो । सदरमुकाम तौलिहवामा रहेको आँखा अस्पतालको छेउदेखि उत्तरतर्फ जाने बाटो खन्ने क्रममा इँटाले बनेको संरचना फेला परेका हुन् । 

फेला परेका इँटाका संरचना स्थानीयबासीको जग्गामा पाइएका हुन् । भेटिएका संरचना पुरातात्विक महत्वका हुनसक्ने अनुमान गरिएको छ र संरचना भित्ता आकारमा रहेका छन् । संरचना भेटिएलगत्तै बाटो निर्माणसमेत रोकिएको छ । 

तिलौराकोटमा उत्खननमा संलग्न पुरातत्व विज्ञको टोलीले सो संरचनाको स्थलगत अनुगमन गरेको छ । पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले आफूहरुले सिद्धार्थटोलमा भेटिएको संरचनाको निरीक्षण गरेको र हेर्दा पुरानो इँटा देखिए पनि विस्तृत कुरा अध्ययन गरेपछि मात्र थाहा हुने बताए । 

उक्त स्थलको किनारमै प्राचीन कुवासमेत रहेको र केही वर्षअघि सो कुवामा प्राचीन वस्तु समेत भेटिएका थिए । 
–––