🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बूढानीलकण्ठमा बिहीबार थपिए ३४ संक्रमित 

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका थप ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

बुधबार पीसीआर विधिबाट गरिएको परीक्षणमा नगरपालिकाभित्र बसोबास गर्ने थप ३४ जना संक्रमित भएको बूढानीलकण्ठ नगरपालिकाले जनाएको छ । 

संक्रमित हुनेमा वडा नं. १ मा २ जना, २, ३, ४ र ५ नं. वडामा १/१ जना छन् । वडा नं. ७ मा ६, ८ मा २, १० मा सबैभन्दा धेरै १३, ११ मा २, र १२ मा ५ जना संक्रमित भएको बूढानीलकण्ठ नगरपालिकाले जनाएको छ । 

योसँगै बूढानीलकण्ठ नगरपालिकामा कोरोना संक्रमित हुनेको संख्या ८५४ पुगेको छ । यीमध्ये ३ सय ४१ जना संक्रिय संक्रमित छन् । ३ सय ८ जना होमआइसोलेसनमा र ३३ जना अस्पतालको आइसोलेसनमा उपचाररत रहेको नगरपालिकाले जनाएको छ ।