🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वैध मतपत्र गणना गरे चुनाव जित्छु : ट्रम्प 

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम सार्वजनिक हुन केही विलम्ब भइरहेका बेला यसका दुई प्रत्यासी डोनाल्ड ट्रम्प र जो बाइडनले आ–आफ्नो धारणा सार्वजनिक गरेका छन् । 

ट्रम्पले हुलाकमार्फत गरिएका मतदानको वैधतामाथि प्रश्न उठाउँदै वैध मतपत्र गणना गरे आफूले सहजै जित हात पार्ने दाबी गरेका छन् । 

ट्रम्पले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘वैध मतपत्र मात्रै गणना गर्ने हो भने मेरो जित सहज छ ।’ 

निर्वाचन सकिएलगत्तै हुलाकमार्फत गरिएका मतदानबारे कुनै टिप्पणी नगरेका ट्रम्पले परिणाम आफ्नो पक्षमा नपर्ने स्पष्ट संकेत देखापर्न थालेपछि यसको वैधतामाथि प्रश्न उठाएका छन् । मतगणना स्थगितको माग गर्दै उनी अदालतसम्म पुगेका छन् । यद्यपि, उनले निर्वाचनमा भएको धाँधलीबारे अहिलेसम्म कुनै ठोस प्रमाण पेस गर्न भने सकेका छैनन् । 

उता, जित नजिक रहेका बाइडनले आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताएका छन् । उनले संयमित हुन सबै देशबासीलाई आग्रह पनि गरेका छन् । 

लोकतन्त्रमा कहिलेकाहीँ समस्या आए पनि प्रक्रियाले काम गरिरहने भएकाले निराश हुन नपर्ने उनको भनाइ छ ।