🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरोनाविरुद्धको खोपले कहिले पाउला स्वीकृति ?  

काठमाडौं । विश्वका विभिन्न देश र संस्थाहरू कोरोना भाइरसविरुद्धको खोप निर्माणमा जुटिरहेका छन् । झण्डै २० वटा भ्याक्सिन अहिले अन्तिम चरणमा रहेको बताइएको छ । 

फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले प्रभावकारी नतिजा देखाएका छन् । यी खोपलाई युरोपेली तथा अमेरिकी नियामक निकायले मध्ये डिसेम्बरसम्म स्वीकृत गर्ने सम्भावना छ । 

रोयटर्ससँग कुराकानी गर्दै बायोएनटेकका प्रमुख कार्यकारी उगुर साहिनले मध्य डिसेम्बरसम्ममा खोपले अमेरिका र युरोपका निकायबाट स्वीकृत पाउने सम्भावना रहेको बताएका छन् । तर त्यसका लागि सबै प्रक्रिया सही ढंगले अघि बढ्नुपर्नेछ । 

उता, फाइजरको खोप पनि प्रभावकारी देखिएको छ । पछिल्लो पटक गरिएको परीक्षणमा यो खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको छ । 

अमेरिकी कम्पनी मोदेर्ना पनि कोरोनाविरुद्धको खोप निर्माण गर्ने दौडको अग्रपंक्तिमा छ । यसले विकास गरेको खोपको प्रभावकारिता ९४.५ प्रतिशत छ । यो खोप पनि स्वीकृत प्राप्त गर्ने चरणमा छ । 

त्यसो त अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा एस्ट्राजेनेकाले पनि कोरोनाविरुद्धको खोप निर्माणमा काम गरिरहेको छ । यो खोप सन् २०२० को अन्त्यसम्ममा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।