🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एसपीबाट अवकास भएलगत्तै भ्रष्टाचारको उजुरी

काठमाडौं । नेपाल प्रहरी सत्य सेवा सुरक्षणम् भन्ने मूलमन्त्रका साथ जनताको सुरक्षाका लागि स्थापना भएको हो । तर प्रहरीको बर्दीलाई कमाउने माध्यम बनाउनेहरूका कारण इमान्दारहरू पनि त्यसको भागिदार हुने गरेका छन् । नेपाल प्रहरीमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गर्नेहरूकाविरुद्ध प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौं उजुरी परेपनि गहन छानबिन नगरी ती उजुरी तामेलीमा हाल्ने वा छानबिन नै नगरेका थुप्रै उदाहरण छन् । 

यस्तै नेपाल प्रहरीको उपरीक्षकबाट राजुबाबु श्रेष्ठले बर्दीलाई कमाउने माध्यम बनाई करोडौं करोडको सम्पत्ति जोडेको तथ्य खुलेको छ । २०७५ कात्तिक १५ गते महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरबाट अनिवार्य अवकाश पाएका एसपी श्रेष्ठले अकुत सम्पत्ति आर्जन गरेको बारेमा अख्तियारले छानबिन नगरेपछि सचेत नागरिकले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दिएको खबर छ । २०७७ कात्तिक १९ गते दर्ता भएको उजुरीको दर्ता नम्बर १९३९ रहेको छ । 

२ हजार, ५ हजार रुपैयाँ घुस लिने सिपाही, हवल्दारदेखि सईसम्मलाई पक्राउ गरी जागिरबाटै हात धुन बाध्य बनाउने अख्तियारले करोडौं भ्रष्टाचार गर्ने श्रेष्ठ जस्ताको बारेमा छानबिनसमेत नगरी उजुरी तामेलीमा हाल्दै आएको स्रोत बताउछ । गोरखाको ग्रामीण क्षेत्रमा घर भएका एसपी श्रेष्ठले कसरी करोडौं आर्जन गर्न सफल भए ? उनका काठमाडौंमा ४ वटा घर, विभिन्न स्थानमा जग्गा र बैंकमा त्यतिधेरै रकम कहाँबाट आयो भनेर खोज्ने काम अख्तियारले नगरेपछि सचेत नागरिकले सम्पत्ति शुद्धीकरणमा उजुरी दिएको जानकारी हुन आएको छ । अन्य देशमा राष्ट्रपति, प्रधानमन्त्रीलाई समेत भ्रष्टाचारको आरोपमा जेल हालिन्छ । नेपालमा भने निजामतीमा नायब सुब्बा र प्रहरीमा सईसम्मलाई २÷४ हजार घुस लिँदा पक्राउ गरी जागिरबाट वञ्चित गरिन्छ, तर करोड र अर्ब भ्रष्टाचार गरी सम्पत्ति थुपार्नेहरूलाई भने अख्तियारले छुन समेत आँट नगरेको जनगुनासो छ । प्रहरीमा हुँदा सँधै आकर्षक र घुस पाइने कार्यालयमा बसेर अकुत सम्पत्ति आर्जन गर्ने भित्र पर्दछन् पूर्व एसपी श्रेष्ठ भन्ने आरोप लागेको छ । 

श्रेष्ठ प्रहरी विद्यालय साँगा काभ्रेपलाञ्चोकमा कमान्डेन्ट थिए । त्यो बेला विद्यार्थीका लत्ताकपडादेखि मोजासम्ममा कमिसन असुली गरेको आरोप उनीमाथि लागेको थियो । प्रहरी विद्यालयको भवन निर्माणमा समेत उनले अनियमितता गरेको कुरा उजुरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख हुँदा इनर्वा, भिस्वा, पोखरिया, जानकीटोलाजस्ता नाकाबाट खुलेआम तस्करी हुँदा नियन्त्रण नगरी÷ नगराई आफू स्वयम् अकुत सम्पत्ति आर्जन गर्ने बाटो बनाएका थिए । महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरको भवन निर्माणको ठेक्का प्रक्रियामा पनि उनले चरम अनियमितता गरेको आरोप छ । उनले धेरै सम्पत्ति श्रीमती अञ्जुला श्रेष्ठ र छोराछोरीको नाममा समेत राखेको विभागमा दिइएको उजुरीमा उल्लेख छ । 

२०७७ कात्तिक १९ मा विभागमा दिएको उजुरीमा पूर्व एसपी श्रेष्ठको स्रोत खुल्न नसक्ने सम्पत्तिको विवरणसमेत उल्लेख छ । एसपी श्रेष्ठको ललितपुर एकान्तकुना भनिमण्डलमा करोडौं मूल्यको घर, ललितपुर धोबीघाट नयाँबाटो प्राइम कोलोनीमा रहेको अर्काे घर, ललितपुर ठैब गोदावरी मेडिसिटी अस्पतालको पछाडि कम्फर्ट हाउजिङ फेज २ मा अर्काे घर रहेको छ । प्राइम कोलोनी र गोदवारीको घरको मूल्य पनि करोडौं पर्ने उजुरीमा उल्लेख छ । 

त्यसका साथै बा.३ च १७९ नम्बरको हुण्डाई ग्राण्ड इलो कार, विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको बैंक ब्यालेन्स, घरमा करोडौंका बहुमुल्य सामाग्रीहरू रहेको दावी पनि उजुरीमा गरिएको छ । त्यसैगरी, श्रेष्ठको राजधानीलगायत देशका विभिन्न स्थानमा करोडौं रकम जग्गामा लगानी रहेको छ ।

 
पूर्व एसपी श्रेष्ठका विरुद्ध अख्तियारमा पनि २०७७ कात्तिक १४ मा उजुरी परेको जानकारी हुन आएको छ । उजुरीमा दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरको भवनको टेण्डर आह्वान गर्दा आवश्यक प्रक्रिया नपु¥याइएको उल्लेख छ । श्रेष्ठले गणपति हुँदा कम मूल्य प्रस्ताव गर्ने ठेकेदार कम्पनीलाई ठेक्का नदिई बढी मूल्य प्रस्ताव गर्ने ठेकेदार नवराज श्रेष्ठको कम्पनीलाई ठेक्का दिएका थिए । भवन निर्माण स्टिमेट अनुसारको ठेक्का सम्झौता नगरिएको उजुरीमा उल्लेख छ । श्रेष्ठले सोही गणको आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को आन्तरिक कल्याण कोष (मेस, क्यान्टिन र तरकारीबारीलगायतबाट प्रत्येक महिना ५÷५ हजार जम्मा गर्नेगरी कोष खडा गरिएको छ ।) को रकमसमेत हिनामिना गरेको हुँदा उनलाई प्रचलित कानूनबमोजिम कारवाहीको माग उजुरीमा गरिएको छ । 

अख्तियारमा पूर्व एसपी श्रेष्ठकाविरुद्ध दर्ता नम्बर १३३९ रहेको उजुरी २०७७ कात्तिक १९ मा दर्ता गरिएको छ । जसको बोधार्थ सार्वजनिक लेखा समिति, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय (हेलो सरकार), राष्ट्रिय सतर्कता केन्द्र, प्रहरी प्रधान कार्यालयलगायतका निकायमा दिइएको छ । 

साहित्य लेखन भ्रष्टाचार छोप्ने माध्यम
नेपाल प्रहरीमा साहित्यकार भनेर चिनिने पूर्व डीआईजी महेशविक्रम शाहले छापामारको छोरो कृति प्रकाशित गरेर मदन पुरस्कार जित्न सफल भए । उनी साहित्य लेखनकै आडमा विभिन्न आकर्षक कार्यालयको प्रमुख हुने मौका पाए । प्रहरीको जागिरमा साहित्य लेख्ने शाहले सिपाहीको रासनमा पनि घुसको लोभ गर्दा जागिरबाट अवकाश भएपछि भ्रष्टाचार मुद्दा खेप्नुप¥यो ।

साहित्य लेखनमै संलग्न पूर्व एसपी श्रेष्ठले त्यही आवरणमा प्रहरीमा अति आकर्षक मानिने पर्साको प्रहरी प्रमुख, प्रहरी स्कुल साँगाको कमान्डेन्टजस्ता करोडौं करोड आर्थिक कारोवार हुने महत्वपूर्ण ठाउँमा काम गर्ने मौका पाए । त्यही मौकालाई उनले कमाउ धन्दामा रुपान्तरण गरेको आरोप छ । उनी पनि पूर्व डीआईजी शाहकै जस्तो भ्रष्टाचार मुद्दा खेप्नुपर्ने अवस्थामा छन् । साहित्यका आडमा भ्रष्टाचार गरेको केही रकम खर्चेर आफूलाई महान साहित्यकार भन्दै लेखाउने काममा शाह र श्रेष्ठ तल्लीन रहँदै आएको उनीहरूका समकक्षीहरू चर्चा गर्दछन् । 

अख्तियारले दुधौली तालिम केन्द्रमा सिपाहीको रासनमा अनियमितता गरेको आरोपमा शाहविरुद्ध मुद्दा दायर गरिसकेपछि उनी भने मिडियाबाजीबाट टाढा नै छन् । तर पूर्व एसपी श्रेष्ठ भने अहिले पनि प्रहरीमा हुँदा भ्रष्टाचार गरेर आर्जन गरेको धन खर्च गरी आत्मप्रशंसा गराउन तल्लीन रहेको पाइन्छ । हुँदाहुँदा उनी म रहरले प्रहरी बनेको होइन, बाध्यताले बनेको हो भनेर लेखाउन पनि पछि परेका छैनन् ।