🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बल्ल आयो सागको हिसाब, खर्च ५ अर्ब

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले १३ औं दक्षिण एसियाली खेलकुद सागको खर्च विवरण सार्वजनिक गर्न ठ्याक्कै एक वर्ष लगाएका छन् । ९० दिनभित्र सबै विवरण दिने बताएका सिलवालले गत वर्ष मंसिर १५ गते उद्घाटन भएको सागको एक दिनअघि २०७७ मंसिर १४ गते मात्र सागको खर्च विवरण सार्वजनिक गरेका छन् । साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

तोकिए समयभन्दा नौ महिना ढिला गरी आएको विवरणअनुसार खेलकुदतर्फ एकअर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ १५ पैसा खर्च भएको देखाइएको छ भने निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ हजार नौ सय ७३ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ । एक अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैयाँ आम्दानी भएको जनाइएको छ ।

१३ औं साग २०७६ मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको थियो । सदस्यसचिव सिलवालले पदक विजेता खेलाडी, प्रशिक्षकहरू र सहभागी राष्ट्रिय संघहरूलाई नेपाल सरकारका तर्फबाट २२ लाख ७६ हजार बराबरको पुरस्कार रकम २०७६ चैत मसान्तसम्म वितरण गरिएको हिसाब देखाएका छन् । 

उनले आफूले तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरेको भए पनि तीनै ठाउँबाट हिसाब नआएको, कोरोना भाइरसको महामारी र सहभागी राष्ट्रहरूबाट प्राप्त रकम र खर्च विवरणको हिसाब मिलान गर्न ती देशका ओलम्पिक कमिटीबाट समेत स्वीकृति लिन बाध्य भएकाले गर्दा ढिलाइ भएको भनी उम्किने कोसिस गरेका छन् । 

सिलवालले तीन करोड ५५ लाख बराबर रुपैयाँ बैंक मौज्दात रहेको र एक करोड ९३ लाख ८० हजार रुपैयाँ फ्रिज भएको बताएका छन् । सागको उद्घाटन र समापनका लागिमात्रै ११ करोड ५९ लाख रुपैयाँ खर्च भएको पनि सिलवालले बताए । ब्याडमिन्टनको जुत्ता तथा म्याट खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहितको प्रतिवेदन छानबिन समितिले तयार गरेको भए पनि त्योसमेत सार्वजनिक नगरी सीधै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरेको विषय भएकाले गर्दा उसले जस्तो निर्णय गर्छ त्यसलाई नै मान्ने नीतिअनुरुप सदस्यसचिव बसेका छन् ।

सर्वविदितै छ सागमा ठूलो घोटाला भएको छ भनी एक वर्षदेखि आलोचना भइरहेको छ । उनले अन्तिम समयमा आएर बिना कुनै टेन्डर सामान खरिददेखि निर्माणका लागि आफ्नाहरूलाई दिएर भ्रष्टाचार गरेको आरोप छ । सिलवालले हरेक विषयमा आफैलेमात्र निर्णय गरेको भनी पहिलेदेखि नै चरम असन्तुष्टि हुँदै आएको छ । 

उनले आफूले गरेको सेटिङ बाहिर नआउने अनि सागमा खटिनेहरूलाई भने निकै कडाइ गरेको गुनासो छ । आठौं दक्षिण एसियाली खेलकुदको आयोजनादेखिका भुक्तभोगी कर्मचारीहरू अहिले टाउकोमा हात राखेर बसेका छन् । त्यतिबेला कर्मचारीले राम्रै भत्ता पाएका थिए । यसपालि भने दैनिक तीन सय रुपैयाँ हाजिरी हेरेर र त्यसमा पनि ट्याक्स काटिएर आएपछि उनीहरूले चित्त दुखाएका छन् । कार्यविधिमै यही रकम आएपछि कर्मचारीहरू मुर्मुरिएका भए पनि केही गर्न सक्ने अवस्था छैन । 

राखेपका एक वरिष्ठ अधिकृतले भने, ‘कर्मचारीहरू सबैलाई एउटै व्यवहार गरियो । मितव्ययिता अपनाएको जस्तो पनि देखियो । आफूहरूले मोटो रकम कमिशन खाए । अरुलाई चुइँक्कसमेत गर्न दिएनन् । आखिर सरकारबाट स्वर्णपदक पाएको छनक दिए । तर उनले खाएको सरकारले देखेन ।’