🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रचण्ड समूहकै नेता बन्दको विरोधमा, योगेशले भने–सत्यानाशको बाटो

काठमाडौं । नेकपाको विभाजित प्रचण्ड–माधव नेपाल समूहले बिहीबारका लागि जारी राखेको आमहड्तालको सर्वत्र विरोध र निन्दा भइरहेको छ । बिहीबार बिहानै रोकिराखेको ट्याक्सी प्रचण्ड–माधव समूहका कार्यकर्ताले जलाएपछि आलोचना अझै चुलिएको छ ।  

विभिन्न तह र तप्काका व्यक्तिसँगै आमसर्वसाधारणले बन्दको विरोध गरिरहँदा सोही समूहका नेतासमेत यसको विरोधमा खुल्न थालेका छन् ।   

संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रमको चौतर्फी विरोध भइरहँदा सोही पार्टीका नेताले आक्रोस पोख्न थालेका छन् । 
 

प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले एक ट्विट गर्दै लोकतान्त्रिक परिपाटीमा बन्द हड्तालले जनमत नभएर त्रास बढाउने बताएका छन् । क्षणिक त्रासका लागि गरिएको हड्तालले सत्यानाश भएको भन्दै उनले आक्रोस पाखेका छन् । 

‘लोकतान्त्रिक परिपाटीमा बन्द हड्तालले जनमत होइन, त्रास मात्र बढाउने छ । त्यो पनि क्षणिक । अन्तमा हातमा लाग्यो फगत सत्यानाश,’ भट्टराईले ट्विट गरेका छन् । 

\"\"

पार्टी विभाजनपछि ओली नेतृत्वको सरकारबाट बाहिरिएका भट्टराई माधव नेपालपक्षीय नेता हुन् । हड्तालप्रति भट्टराईले असन्तुष्टि जनाएपछि नेकपाभित्रको असन्तुष्टिकै बीच प्रचण्ड समूहको जोडबलमा हड्ताल घोषणा गरिएको लख काटिएको छ ।  कतिपयले भने सार्वजनिक खपतका लागि भट्टराईले विरोधजस्तो गरेर खासुल्य पल्टिएको टिप्पणी  गरेका छन् ।

भट्टराई चर्चा र स्टन्टमा विश्वास राख्ने  नेता हुन् ।