🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरीको खरीदमा अर्को विपत्ति 

काठमाडौं । नेपाल प्रहरीले खरिद गर्ने लत्ताकपडाको गुणस्तर परीक्षणका लागि  एसजीएस र आइटेक्समा पठाउने गरेको छ । उपेन्द्रकान्त अर्याल आईजीपी हुँदा नेपालको गुणस्तर तथा नापतौल विभागबाट भएका परीक्षणहरूको बारेमा प्रश्न उठेपछि प्रहरीले अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्ने एसजीएस र आइटेक्समा पठाउने गरेको थियो । 

गुणस्तरमापनमा एसजीएस र आइटेक्स प्रतिष्ठित मानिन्छन् । प्रहरीले एसजीएसमा गुणस्तर परीक्षण गर्न पठाउन सुरु गरेपछि अहिलेसम्म विवाद आएको थिएन । तर केही समय अघि उलन पाइन्टको कपडाको गुणस्तर परीक्षणका बारेमा ठेकेदार पिताम्बर मुन्काले प्रहरी संगठनको लोगो र प्रहरी अधिकारीको इमेल दुरुपयोग गरी आफुखुसी कीर्ते गरी गुणस्तर परीक्षण गर्न पठाएकाले उनीविरुद्ध मुद्दा दायर ग¥यो । 

एसजीएसमा परीक्षण गराउने क्रममा प्रहरीले पठाएको नमुनाबाहेक ठेकेदार मुन्काले आफुखसी अर्काे नमुना पठाएको विषयमा व्यापक विवाद भएपछि प्रहरीले मुद्दा चलायो । नेपाल प्रहरीको लत्ताकपडाको गुणस्तर परीक्षणमा एसजीएससमेत मुछियो । गुणस्तर परीक्षणमा आफ्नो समेत नाम मुछिएपछि एसजीएसले अब नेपाल प्रहरीले पठाएका नमुनाको गुणस्तर परीक्षण नगर्ने भएको छ । स्रोतका अनुसार एसजीएसका भारतमा जति पनि शाखा छन् ती शाखामा नेपाल प्रहरीले गुणस्तर परीक्षणका लागि पठाएका नमुना स्वीकार नहुने जनाउ दिएको छ । 

  प्रहरीमा सामान आपूर्ति गर्ने ठेकेदारहरूले सेटिङ गर्ने गरेको कुराले कम्पनीको छविमै धक्का लागेकाले अब कुनै गुणस्तर परीक्षण नगर्ने एसजीएसले जानकारी प्रहरीलाई दिएको छ । स्रोतका अनुसार प्रहरीको मात्र होइन, अरु निकायको समेत गुणस्तर परीक्षण गर्न एसजीएसले बन्देज लगाएको छ । नेपाल प्रहरीका ठेकेदारहरूबीच गुणस्तर परीक्षणमा भएको अपारदर्शी चलखेलको हल्लाले एसजीएससमेत बिच्किन पुगेको छ । 

 अब आइटेक्सले पनि प्रहरीमा सामान आपूर्ति गर्ने ठेकेदारहरूको अस्वस्थ प्रतिस्पर्धामा साथ नदिएमा गुणस्तर परीक्षण गर्न भारत बाहेकका देशमा पठाउनुपर्ने बाध्यता हुन जान्छ । कि भने नेपालकै गुणस्तर विभागलाई दिनुपर्ने हुन्छ । गुणस्तर विभागमा ठेकेदारहरूको सेटिङ हुने गरेको विषय र विभागबाट नमुना पास भएको लत्ताकपडाको गुणस्तरमा पनि प्रश्न उठेपछि नेपाल प्रहरीले एसजीएस र आइटेक्समा नमुना पठाउने गरेको हो ।