🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सैनिक दौड प्रतियोगितामा मल्ल र बुढा प्रथम

जुम्ला । नेपाली सैनिक दिवस तथा महाशिवरात्रिका पूर्वसन्ध्यामा जुम्लामा दौड प्रतियोगिता गरिएको छ । नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउन दिवसका अवसरमा नन्दाबक्स गण र २४ नम्बर बाहिनी अड्डा जुम्लाको आयोजनामा दौड प्रतियोगिता गरिएको हो ।  दुई चरणमा सञ्चालन गरिएको प्रतियोगितामा ४० वर्ष माथिकालाई पाँच किलोमिटर र ४० वर्ष मुनिकालाई नौ किलोमिटर दूरीमा दौडाइएकोे थियो ।

चालीस वर्षमाथिका पाँच किमी दौड प्रतियोगितामा प्रथम नरेन्द्रबहादुर मल्ल, द्वितीय हरि रोकाया र तृतीय दिलबहादुर रोकाया तथा ४० वर्ष मुनिको नौ किमी दौड प्रतियोगितामा प्रथम नरेन्द्र बुढा, द्वितीय प्रकाश कठायत र तृत्तीय अङ्गद धामी हुनुभयो ।  प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु सात हजार, रु पाँच हजार र रु तीन हजार तथा प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको गणपति दिवाकर रायमाझीले बताउनुभयो । 

साथै विश्व कीर्तिमान कायम गर्नुभएका पृथक धावक हरि रोकायालाई ढाका टोपी लगाएर सम्मान गरिनाका साथै प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र दिइएको छ ।