🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महासंघ विरोधीलाई नै गोल्छाद्वारा सम्मान : उद्योगी–व्यवसायीमा आक्रोस 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जुन गर्विलो इतिहास छ, त्यसप्रति अनुजहरूले न्याय गर्न नसकेको गुनासो यसका अगुवा÷अग्रजहरूले गर्दै आइरहेका छन् । अध्यक्ष शेखर गोल्छाको  असक्षम नेतृत्वको कारण उद्योगी–व्यवसायीको छाता संगठनका रूपमा एफएनसीसीआई स्थापना भएको र संस्थापकहरूले आर्जेको संस्थालाई फलाउने–फुलाउने काम गरेका संस्थापक सदस्य संस्थाका नाईकेहरू नै अहिले यो संस्थाबाट अलग्गिंदै गएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठहरु उद्योगी–व्यावसायीलाई महासंघकै उपस्थितिमा दल प्रवेश गराएको घटनाप्रति रुष्ट छन् ।  साझा संस्थालाई अध्यक्ष शेखर गोल्छाले राजनीतिक रंग दिइएको उनीलगायत धेरैलाई मन परेको छैन । 

पशुपपति मुरारका र भवानी राणाको पालामा कृषि उद्यमलगायत प्रोजेक्टलाई प्राप्त पचासौं करोड सरकारी अनुदानमा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी र उसले मागेको स्पष्टीकरणबारेमा सत्यतथ्य छानबिन नगराई मौन बसेर दोषीलाई उन्मुक्ति दिन भइरहेका प्रयत्नले पनि एफएनआईसीसीप्रतिको उद्योगी व्यावसायीको मोह भंग गराउँदै लगेको छ ।

अर्कोतिर शेखर गोल्छा अध्यक्ष भएको ४ महिना गुज्रिसक्दा समेत महासंघका पूर्व अध्यक्षहरु सम्मिलित सबैखाले समितिलाई पूर्णता दिन नसकेको घटनालाई पनि यसका अग्रजहरूले गोल्छाको नेतृत्वलाई गतिलो लक्षणका रूपमा बुझेका छैनन् । 

अध्यक्ष गोल्छा एफएनसीसीआईको लक्ष्य र उद्देश्यबाट विमुख भएको भन्दै चौतर्फी चिन्ता जाहेर भइरहेका बेला यसलाई अर्को गम्भीर धक्का लागेको छ । यसको संस्थापक सदस्यमध्ये एक मोरङ व्यापार संघ एफएनसीसीआईबाट अलग भएर उद्योग परिसंघ(सीएनआई)मा जोडिएको छ । यसका वर्तमान र निवर्तमान अध्यक्षलगायत हालको सिंगो कार्यसमितिको चाहनामा यो परिसंघ(सीएनआई)मा आबद्ध भएको हो । 

  संयोग पनि कस्तो भने महासंघको ५५ औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा २०७७ चैत २६ गते संघले महासंघबाट अलग हुने बोल्ड निर्णय लिएको छ । त्यसैगरी मोरङ उद्योग संगठन पनि परिसंघमै मिसिएको छ । परिसंघ महासंघकै पूर्व अध्यक्ष रहेका विनोद चौधरीले स्थापना गरेको एफएनसीसीआईको समानान्तर संस्था हो । यसले एफएनसीसीआईलाई टक्कर दिन उस्तै प्रकृतिको सांगठनिक संरचना र गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

एफएनसीसीआईका एक पूर्वपदाधिकारी मोरङ व्यापार संघ र उद्योग संगठन पुरानो घर छाड्ने निर्णय एफएनसीसीआईमाथिको गम्भीर धक्का मात्र नभएर यो समग्र उद्योगी व्यापारीको छाता संगठन नरहेको दृष्टान्त समेत भएको बताउँछन् ।

एफएनसीसीआईले आफ्नो कार्यशैली नबदल्ने हो भने आगामी दिनमा उसले थप क्षति व्यहोर्नुपर्ने चेतावनी पनि ती पूर्वपदाधिकारीले दिए । ‘पुरानो संस्थापक सदस्यले एफएनसीसीआईस“ग आबद्धता त्याग्नु महासंघको नेतृत्व असफल भएको गम्भीर विषय हो,’ ती पूर्वपदाधिकारीले साँघुसँग भने, ‘यसबारे कार्यकारिणी समितिका साथै उद्योगी–व्यवसायीले घटनाको गम्भीर समीक्षा गरेर अगाडि नबढ्ने हो भने एफएनसीसीआईको इतिहास र सान्दर्भिकता दुवैमाथि ठूलो क्षति पुग्नेछ ।’

उद्योगी–व्यावसायी चकित ! 

नेपाल उद्योग बाणिज्य महासंघको संस्थापक सदस्यबाट २०७७ चैत २६ गते अलग भएर उद्योग परि संघ(सीएनआई)मा हाम्फालेका तिनै मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मून्दडाले ‘उद्योग वाणिज्य दिवस २०७७’ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट उद्योग वाणिज्य संघको सम्मान प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको हातबाट प्राप्त गर्न सफल भएका छन् ।

महासंघको सांगठानिक आधारमा प्रहार गर्दै समानान्तर संस्थामा आवद्ध हुन पुगेका प्रकाश मून्दडा नै महासंघबाट पुरस्कृत भएपछि अध्यक्ष शेखरको नियतमाथि नै शंका गर्न थालिएको छ । महासंघका विरोधीलाई अवार्ड गर्ने अध्यक्ष शेखरप्रति नैतिकताको प्रश्न उठ्नुका साथै चुनौती खडा भएको छ ।

प्रकाश मून्दडालाई अवार्ड गरेको घटना महासंघलाई आफ्नै कार्यकालमा ध्वस्तै पारेर मारवाडी समुदायको संस्थाको रुपमा स्थापित सीएनआईको जग बलियो बनाउने शेखर गोल्छाको अभियानविरुद्ध पूर्व अध्यक्षहरुलगायत उद्योगी–व्यावसायीले चर्को विरोध गर्ने भएका छन् ।  

 मोरङ किन भयो अलग ? 

मोरङ व्यापार संघ र उद्योग संगठन उद्योगी व्यावसायी गोलबद्ध भएको पुरानो संगठन हो । एफएनसीसीआईलाई सिंगो उद्योगी व्यावसायीको छाता संगठन बनाउन यसले पनि भूमिका खेलेको थियो । जानकारहरूका अनुसार, यी दुई संस्थाले उद्योगी व्यावसायीका मुद्दालाई नजिकबाट नियालेर सम्बोधनका लागि महासंघलाई सल्लाह र सुझाव दिन उल्लेख्य भूमिका खेलेका थिए । तर अब मोरङ व्यापार संघसँगै मोरङ उद्योग संगठन परिसंघको प्रदेश– १ को तदर्थ समितिमा जोडिएको छ । यी दुवै संगठनका बहालवाला अध्यक्ष प्रकाश मुन्दडा, पूर्व पदाधिकारी र विराटनगरका पुराना उद्योगी व्यावसायी अब परिसंघमा गोलबद्ध भएका छन् । 

जानकारहरूका अनुसार, यी दुवै संस्थाले पछिल्लो दुई वर्षदेखि बैंक ब्याज, श्रम विवाद, उद्योगी व्यावसायीको आत्मसम्मानलगायत मुद्दालाई उठाउँदै आएका थिए । तर भवानी राणा र शेखर गोल्छाको नेतृत्वको एफएनसीसीआईले आफूले उठाएको मुद्दालाई साथ नदिएको उनीहरूको बुझाइ थियो ।

यही बुझाइका साथ उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीस“ग सीधा सम्पर्क राखेर समाधानबारे कुरासमेत गरेका थिए । यही असन्तुष्टिका कारण यी दुई संगठन एफएनसीसीआईबाट अलग भएको उद्योगी–व्यावसायी बिच अहिले चर्चा छ । 

अध्यक्ष शेर गोल्छाकै प्रस्तावमा मोरङ व्यापार संघ प्रधानमन्त्रीबाट पुरस्कृतसमेत भएको छ । गोल्छाकै प्रस्तावमा पुरस्कृत भएको संस्था एफएनसीसीआईबाट अलग  भएपछि उनको नेतृत्वप्रति नैतिकताको प्रश्न उठाउन थालिएको छ ।