🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘शब्दचित्र र तस्विर’मा  ‘नेपाली सेना इतिहासदेखि वर्तमानसम्म 

काठमाडौँ, २५ माघ  :  महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले त्रिदिवसीय बृहत् प्रदर्शनी आयोजना गरेको छ । 
‘नेपाली सेना इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा आयोजित प्रदर्शनीको माघ २५ गते  यहाँ आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेका छन् । 

नेपाली सेनाको प्रधान कार्यालय परिसरमा आयोजित उक्त प्रदर्शनीमा नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि विभिन्न कालखण्डमा राष्ट्र र जनताप्रति समर्पित भई गरेका गौरवगाथा समेटिएका तस्वीरदेखि लिएर हातहतियार, ऐतिहासिक तथा हालका उपकरण र अन्य सैन्य सामग्री राखिएका छन् ।

 
नेपाली सेनाले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा सम्पादन गरेका जोखिमपूर्ण काम, मुलुकको विकास–निर्माणका योगदान, विश्वका विभिन्न भागमा शान्ति स्थापना गर्न शान्तिसेनामार्फत गरेको सेवा, दैवी विपत्ति तथा आपत्कालीन अवस्थाका उद्धार तथा खोजलगायत विषय ‘शब्दचित्र र तस्विर’मा समेटिएका सामग्री पनि प्रदर्शनीमा समावेश गरिएको छ । 

(महाशिवरात्रि तथा सेना दिवसका अवसरमा बिहीबार राजधानीमा नेपाली सेनाद्वारा आयोजित तीनदिने बृहत् प्रदर्शनीको अवलोकन गर्दै प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्री । तस्बिरहरु  : रत्न श्रेष्ठ, रासस)