🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतमा लगातार चौथो दिन चार लाख कोभिड–१९ संक्रमित

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट संक्रमित चार लाख चार हजार भेटिएका छन् । 

भारतमा हालसम्म कोरोनाभाइरस संक्रमितको कूल संख्या दुई करोड २२ लाख ९६ हजार पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाभाइरस संक्रमितमध्ये हालसम्म एक करोड ८३ लाख १७ हजार संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा तीन लाख ८६ हजार संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख ३६ हजार व्यक्ति सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा चार हजार ९२ जनाको संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा हालसम्म २ लाख ४२ हजार ३६२ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार यही मे ८ सम्म कूल ३० करोड २२ लाख ७५ हजार नमुना परीक्षण गरिएको छ । 

यस्तै, गत मे ७ तारिखसम्म भारतभर कोभिड–१९ विरुद्धको खोप १६ करोड ९४ लाख ३९ हजार डोज लगाइएको छ । गत जनवरी १६ देखि खोप दिन थालेको भारतमा हाल १८ वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाउने गरिएको छ ।
––