🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा निर्वाचन घोषणा 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आगामी कात्तिक २६ र मंसिर ३ का लागि निर्वाचन घोषणा गरेकी छन् । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले बिहीबार राति संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि आह्वान गरेकी थिइन् । राष्ट्रपतिको आह्वानअनुसार विपक्षी गठबन्धन कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई र एमालेको माधव नेपालको तर्फबाट शेरबहादुर देउवा र एमालेको तर्फबाट सो पार्टीका संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको समर्थन रहेको दाबीसहित निर्धारित समय सीमाभित्र दाबी पेस गरेका थिए । राष्ट्रपति भण्डारीले यी दुवैको दाबी नपुगेको भन्दै मान्यता दिइनन् । भण्डारीको यस्तो निर्णयपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरेर निर्वाचन गर्ने निर्णय गरेकोमा राष्ट्रपतिले त्यसैलाई सदर गरेकी ह्न् । 

संविधानको धारा ७६(७) मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन दगरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्न सक्ने प्रावधान छ । 

राष्ट्रपति भण्डारीबाट प्रतिनिधिसभा विघटन भएको यो दोस्रो घटना हो । यसअघि उनले मन्त्रिपरिषदको सिफारिसमा ०७७ पुस ५ मा गरेको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतबाट बदर भएको थियो । 

योसँगै मुलुक कोरोना महामारीकै बीच अर्ली निर्वाचनमा प्रवेश गरेको छ । 
 

\"No