🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

घोडाघोडी नगरका गाउँगाउँमा अटो रिक्सा : गाउँले जीवनमा सहजता

धनगढी, १४ जेठ (रासस) : मध्यरातमा अचानक श्रीमती बिरामी हुँदा कसरी अस्पताल लैजाने भन्ने विषयमा  घोडाघोडी नगरपालिका–५ का दलबहादुर विकलाई पहिलाजस्तो यसपट चिन्ता र समस्या भएन । दलबहादुरले केही दिनअघि आफ्नी श्रीमती बिरामी भएपछि छिमेकीले सञ्चालन गरेको अटो रिक्सामा घोडाघोडी नगरपालिका–१ मा रहेको घोडाघोडी अस्पतालमा अस्पताल लग्नुुभयो र उपचार गरेर सोही रिक्सामा घर फर्कनुभयो । मध्यरातमै अस्पताल लगेर उपचार गरेर बिहानै श्रीमतीलाई घर लिएर जानुभएका दलबहादुर अटो छ र त आनन्द छ भन्दै हुनुहुन्थ्यो ।

टाउकोमा चोट लागेकी छोरीलाई पहलमानपुरस्थित पहलमानपुर पोलीक्लिनिकमा लिएर आउनुभएका घोडाघोडी नगरपालिका–११ का श्यामलाल कठरिया तनावका बीच भन्दै हुनुहुन्थ्यो, “अटोरिक्सा भएर छोरीलाई अस्पतालसम्म लिएर आउन सकँे नत्र के पो हुन्थ्यो । छोरीलाई चोट लाग्ने बित्तिकै फोन गरे र अटो आइपगेपछि छोरीलाई अस्पताल ल्याउन सकेँ, नत्र छोरीलाई धेरै समस्या हुने थियो ।” स्थानीयस्तरमा अटो सञ्चालन भएदेखि आपत्विपत् पर्दा बिरामी अस्पतालसम्म पु¥याउन धेरै सहज भएको कठरियाको भनाइ छ ।

अहिले गाउँगाँउमा सञ्चालन भएका अटोरिक्साले गर्दा सामान्य काममा बजार निस्कनेदेखि लिएर बिरामी हुँदा अस्पताल लैजान निकै सहजता भएको छ । स्थानीय किसानले गाउँघरमा उत्पादन गरेका तरकारी तथा अन्य उत्पादनलाई बजारसम्म लैजानसमेत गाउँगाउँमा सञ्चालनमा आएका अटोरिक्साले गर्दा सहज भएको छ ।

घोडाघोडी नगरपालिका–२ का अगना चौधरीले आफूले उत्पादन गरेका फलहरू लिची र आँप बजारसम्म लैजान अटोरिक्साकै प्रयोग गर्ने गरेको बताउनुभयो । पहिला–पहिला यस्तो सुविधा थिएन, साइकल चलाएर चर्को घाममा उत्पादित फलहरू लिएर बजारसम्म जानुपर्ने बाध्यता थियो तर अहिले गाउँमै सञ्चालित अटोरिक्साले गर्दा धेरै सहज भएको चौधरीको भनाइ छ ।

गाउँघरमा बिरामी बोक्ने, यातायातको पहुँचमा नभएका नागरिकलाई ग्रामीण भेगमै गएर गन्तव्यमा पु¥याउने गरेको पहलमानपुर बजार र आसपासमा अटोरिक्सा चलाउने टेकराज भट्टराईको भनाइ छ ।

रातारात बिरामीलाई पहलमानपुरबाट  करिब ६० किलोमिटर टाढा अस्पतालसमेत पु¥याएको उहाँले बताउनुभयो । हामी दिनरात चौबीसै घण्टा सेवामा हुन्छाँै । हुन त यो हाम्रो व्यवसाय हो तर पनि हामीले सेवा गरेकोजस्तो काम हुन्छ । रातदिन नभनी हामी सेवा दिन्छौँ, त्यसैले नागरिकले सहजता महसुस गरेका छन् भन्नुहुन्छ, भट्टराई ।

गाउँगाउँमा अटो सञ्चालन भएका कारण मानिसले बिरामीलाई तत्काल अस्पताल पु¥याउने गरेका कारण उनीहरूमा जोखिम कम हुने गरेको पहलमानपुरमा रहेको लक्ष्मी मेडिकलकी सञ्चालक दिना चौधरी बताउनुहुन्छ ।

पहिला–पहिला मानिस यातायातका साधन नहुँदा अस्पतालसम्म आउन ढिला भएका कारण निकै समस्या भोग्ने गरे पनि आजभोलि अटोरिक्साका कारण गाउँले जीवनमा परिवर्तन आएको चौधरी बताउनुहुन्छ ।
–––