🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विवादै विवादमा एनआरएनए जापानका अध्यक्ष भण्डारी

काठमाडौं । विदेशमा रहेका नेपालीहरुबीच सामञ्जस्यता कायम गर्ने, एकीकृत गर्ने र सहयोग गर्ने उद्देश्यले स्थापित नेपाली गैर आवासीय संघ केही भ्रष्ट व्यक्तिहरुको कारणले गर्दा बद्नाम हुन पुगेको छ । विदेशमा रहेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले स्थापित गैर आवासीय संघकै भ्रष्ट नेताहरुका कारण नेपालीहरुबाटै ठगिएका नेपालीहरुले विदेशमा पनि आफुलाई सुरक्षित महसुस गर्दैनन् । 

केही महिना पहिले युरोपेली मुलुक पोर्चुगलका एनआरएनए कोषाध्यक्ष विक्रमजंग कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलबाट ११ नेपालीहरुको हवाईटिकट नक्कली बनाएको खुलेपछि उनीमाथि कारबाही गर्न पीडितहरुले हारगुहार गरेका थिए । उनले नक्कली टिकट विक्री गरेर अहिलेसम्म १५० जनाभन्दा बढी नेपालीलाई ठगेका छन् । 

यस्तै विवादमा परेका छन् एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी । उनले विभिन्न बहानामा जापानमा रहेका नेपालीहरुबाट रकम असुल्ने गरेको पीडितहरुले गुनासो गरेका छन् । नेपालीहरुलाई सरसहयोग गर्ने जिम्मेवारी पाएको एनआरएनका नेृतत्वमा रहेका भण्डारीले सहयोगको नाममा दिवंगत शरीरमाथि पनि भ्रष्टाचार गर्ने गरेको आरोप पीडितहरुको छ । अस्पतालमा राखेको खर्च, जापानी रितिरिवाजमा लागेको खर्च, दिवंगत शरीर नेपाल ल्याउन लागेको खर्च दोब्बर तेब्बर लागेको भनि बीमा रकमबाट असुलेर पीडितलाई अझ पीडा दिने काम गरेको एक पीडितले बताए । 

जापानमा सडक दुर्घटनामा आफ्नो श्रीमती गुमाएका राम तामाङले आफ्नो श्रीमतीको नाममा आएको बीमा रकममा एनआरएनका हालका अध्यक्ष तथा निवर्तमान उपाध्यक्ष देवीलाल भण्डारीले अनियमितता गरेको आरोप लगाएका छन् । तामाङले आफ्नो श्रीमतीको अस्पताल खर्चदेखि लिएर दिवंगत शरीर नेपाल ल्याउनेसम्मको प्रक्रियामा भण्डारीले भ्रष्टाचार गरेको आरोप लगाएका छन् । तामाङले आफू ठगिएको महसुस भएपछि घटना छानबिन समिति (एनआरएनए) जापानमा निवेदन पनि दिएका छन् । 

\"No

तामाङले भने, ‘भण्डारीले पार्थिव शरीर नेपाल ल्याउँदा ३५ लाख जापानी येन लागेको भनेपनि मलाई अहिलेसम्म बिल दिन आनाकानी गरेका छन् । सामान्यतया पार्थिव शरीर नेपाल ल्याउँदा १०/१५ लाख लाग्ने गर्छ । तर उनले ३५ लाख लागेको भनेका छन् र मलाई हिसाब पनि दिएका छैनन् । साथै उनले नेपाल आउने मेरो टिकटमा पनि अनियमितता गरेका छन् । त्यसैकारण मैले आफू ठगिएको महसुस गरेको छु ।’ 

केही वर्ष पहिले सडक दुर्घटनाकै आफ्नो दाइ हृदयेश जिसीलाई गुमाएका मोहन जिसीले पनि भण्डारीकाविरुद्ध छानबिन समितिमा निवेदन दर्ता गराएका थिए । जिसीले भण्डारीले विभिन्न बहानामा खर्च देखाएर बीमा रकमबाट पैसा असुलेको बताएका थिए । 

यस विषयमा एनआरएनए जापानका अध्यक्ष भण्डारीसँग प्रतिक्रिया लिँदा उनले यो सबै झुठा आरोप रहेको र आफुलाई बद्नाम गर्नका लागि केही तत्वहरु लागेको बताए । अहिले चुनावको माहोल रहेकाले र आफू एनआरएनए आईसीसीमा उम्मेद्वार बन्न लागेकाले राजनीतिकरण गर्न र मलाई बद्नाम गराउन षड्यन्त्र रचिएको बताए ।