🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बूढानीलकण्ठ नगरपालिकाका थप ४४ जनामा कोरोना पुष्टि 

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा कोरोना भाइरसका थप ४४ केस पुष्टि भएका छन् । पछिल्लो २४ घण्टामा १६ जना भने संक्रमण जित्न सफल भए । 

नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार, आइतबार १५ महिला र २९ पुरुष गरी कुल ४४ जनामा कोरोना देखिएको छ । नगरपालिकाको १३ वडामा भने आइतबार शून्य संक्रमण देखियो । योसँगै यो नगरपालिकाका कोरोना संक्रमितको संख्या २१२५ पुगेको छ । 

आइतबार ६ पुरुष र १० महिला गरी १६ जना संक्रमणमुक्त भए । अहिलेसम्म निको हुनेको संख्या १ हजार ६ सय ५६ छ । ४५१ सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ४२० जना होम आइसोलेसन र ३१ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ । 
\"\"