🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बूढानीलकण्ठमा कोरोनाबाट ज्यान जानेको संख्या २० पुग्यो

कोरोना भाइरस संक्रमणबाट बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा बुधबार थप १ जनाको मृत्यु भएको छ । ३९ संक्रमित थपिएका छन् । 

नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार, मृत्यु हुनेमा वडा नं. १ का पुरुष छन् । उनी कहिलेदेखि कुन अस्पतालमा उपचाररत थिए भन्नेबारे भने नगरपालिकाले केही खुलाएको छैन । योसँगै नगरपालिका क्षेत्रमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ । 

बुधबार १७ महिला र २२ पुरुष गरी ३९ जनामा कोरोनाको नयाँ केस पुष्टि भएको छ । ४१ जना भने पछिल्लो २४ घण्टामा कोरोना जित्न सफल भएका छन् । योसँगै नगरपालिका क्षेत्रमा कोरोना जित्नेको संख्या १ हजार ८७८ र सक्रिय संक्रमितको संख्या ४२५ भएको छ । सक्रिय संक्रमितमध्ये ३८२ जना होमआइसोलेसन र ४३ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिकाको नियमित स्वास्थ्य बुलेटिनमा उल्लेख छ । 

खोप कार्यक्रम स्थगित 

बूढानीलकण्ठ नगरपालिकाको मंगलबारदेखि सुरु खोप कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । आवश्यक मात्रामा चाइनिज भेरोसेल खोप आपूर्ति हुन नसकेपछि खोप कार्यक्रम प्रभावित भएको हो । 

नगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख कुमारप्रसाद दाहालले एक सूचना जारी गर्दै जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले मागअनुसारको खोप उपलब्ध गराउन नसकेपछि भोलि जेठ २७ गतेको निर्धारित खोप कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएका छन् । 

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ को बैठकले जेठ २५ देखि २७ गतेसम्म ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई चाइनिज भेरोसेल खोपको पहिलो मात्रा दिने निर्णय गरेको थियो । सोहीअनुरूप बूढानीलकण्ठ नगरपालिकाले विभिन्न ३ वटा केन्द्रबाट मंगलबार र बुधबार निर्धारित खोप कार्यक्रम सञ्चालन गरेको थियो । 

\"\"