🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हुने नै भयो पार्टी एकता : सरकार गठनको मार्गचित्र समेत अन्तिम चरणमा

काठमाडौँ, फागुन १ \\     हिजो सोमबार बसेको बैठकबाट पार्टी एकताको गाँठो फुकाएका केपी ओली र प्रचण्ड आज मङ्गलबार साँझ पुन बैठक बसे। आजको बैठकबाट पार्टीएकताबारे सुस्पष्ट धारणा बनेकोले  पार्टी एकता संयोजन समितिलाइ जिम्मा दिइयो।

पार्टीस्रोतका अनुसार बैठक ललितपुरको मानभवनस्थित दाहाल निकट व्यवसायी शारदा अधिकारीको घरमा बसेको थियो।

पार्टी एकता र सरकार गठन बिषयमा दुई शीर्षस्थ नेताबीच कुनै अलमल र द्विविधा बाँकी नरहेकोले सम्झौतालाई औपचारिक र लिखितरुप दिन पार्टी एकता संयोजन समितिलाइ जिम्मा दिइयो। भोलि अपरान्ह २ वजे बस्ने संयोजन समितिको बैठकले अनुमोदन गरेर सार्वजनिक गर्नेछ। एमाले नेता माधवकुमार नेपाल चितवन रहेकाले उनी आए लगत्तै बुधबार बैठक राखिएको श्रोतले जानकारी दियो।

पार्टी एकता संयोजन समितिमा केपी ओली र प्रचण्डसहित एमालेका बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेल रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबहादुर थापा बादल रहेका छन् ।  

दुई पार्टीका दोस्रो तहका नेताहरुको व्यवस्थापन बिषयमा भने छलफलले प्रवेश पाएको छैन।

वैचारिक दस्ताबेज तयार गर्न र संगठनतात्मक संरचनाबारे गृहकार्य गर्न दुई वटा कार्यदल बुधबारकै संयोजन समितिको बैठकले बनाउने छ।

एकीकृत पार्टीको नाम "नेपाल कम्युनिष्ट पार्टी"  राख्ने सहमति गरेका छन्।