🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खबरदार ! ट्राफिक नियम मिच्नेलाई अब ट्राफिक प्रहरीको चिठ्ठी घरघरमै

काठमाडौँ, २ फागुन (रासस) :  तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गरेमा अब कारबाहीमा परिने छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिसी क्यामराको माध्यामबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । महाशाखाले माघ २४ गतेदेखि उक्त प्रक्रियालाई तीव्रता दिएको हो ।

ट्राफिक व्यवस्थापनका लागि महाशाखामा राखिएको सिसी क्यामरा र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेको सिसी क्यामरामार्फत ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई निगरानीमा लिएर कारबाही गर्न शुरु गरेको हो ।

दुई वर्ष पहिलेदेखि महाशाखाले सिसी क्यामराको माध्यमबाट सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरे पनि अब भने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई घरमै चिठी पठाउन लागेको हो ।

महाशाखाले नियम मिच्ने सवारी साधनलाई सिसी क्यामराबाट नम्बरप्लेटको निगरानी गरेर नियम मिच्ने सवारी साधनको विस्तृत विवरण हेरेर घरमा नै कारवाही पत्र पठाउने प्रक्रिया थालेको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनी चालकले जथाभावी ट्राफिक नियम उल्लंघन गरेपछि महाशाखाले चालकको घरमा नै चिठी पठाएर कारबाही प्रक्रिया अगाडि बढाएको बताउछन्  । “सबै ठाँउमा ट्राफिक पुग्न सक्दैन, जथाभावी ट्राफिक नियम उल्लंघन गरेपछि दुर्घटना धेरै हुने भएकाले हामीले कारबाहीलाई तीव्रता दिएका हौँ,” – उनले भने  ।

सिसी क्यामरामार्फत महाशाखामा एक हप्ताको समयमा ३१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ । जसमध्ये तीन जनालाई फोनमार्फत महाशाखामा बोलाएर कारबाही गरिएको र बाँकीलाई चिठी काट्ने तयारी भइरहेको सहप्रवक्ता मसासिनीले जानकारी दिए  ।

यो आर्थिक वर्षको माघ मसान्तसम्म उपत्यकामा पाँच लाख ३३ हजार १९९ सवारी साधनले सवारी नियम उलंघन गरेको महाशाखाले जनाएको छ । यस अतिरिक्त ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई प्रमाणसहित जो कोही व्यक्तिले महाशाखामा उजुरी दिएमा कारबाही गर्ने भएको छ ।

आफू चढेको सवारी साधनले जथाभावीरुपमा हर्न बजाएमा, तीव्र गतिमा सवारी चलाएमा वा लेन अनुशासन पालना नगरेको फोटो भिडियो महाशाखामा दिएमा महाशाखाले कारबाही गर्ने जनाएको छ ।

सवारी साधन धेरै र सडक साँघुरो भएका कारण काठमाडौँ उपत्यकामा धेरै दुर्घटना हुने गरेको छ । काठमाडौँ उपत्यकामा एक हजार ५९४ किलोमिटर सडक भए पनि सवारी साधन गुड्ने व्यस्त सडक ४७२ किलोमिटर मात्र छ । उपत्यकामा हाल एक हजार ८५ जनशक्तिले ३८ ट्राफिक एकाइबाट ट्राफिक व्यवस्थापन गर्दै आएका छन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता वीरेन्द्रबहादुर स्वाँर काठमाडौँ उपत्यकामा ११ लाख र देशभर २८ लाख सवारी साधन सञ्चालनमा रहेको बताउछन्  । “साँघुरो सडक र धेरै सवारी साधनका कारण उपत्यकाको सवारी व्यवस्थापनमा चुनौती थपिँदै गएको छ,”– उनले भने   ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल चालकले ट्राफिकको आँखा छलेर ट्राफिक नियम उल्लंघन गरेका घटना बढेपछि महाशाखाले यो अभियान शुरु गरेको बताउछन् । “एउटा चालकको बदमासीका कारण अरु राम्रा चालकले पनि बदमास नगरुन् भनेर हामी उक्त कारबाही अभियान शुरु गरेका हौँ,” – उनले भने ।

यसअघि महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि जथाभावी धुवाँ फाल्ने सवारीदेखि जथाभावी हर्न बजाएर हिँड्ने सवारी साधनलाई कारबाही गर्नुका साथै सडकमा सवारी चालकलाई ट्राफिक शिक्षा प्रदान गरिसकेको छ ।
–––