काठमाडौं । अमेरिकाका पूर्वरक्षामन्त्री डोनाल्ड रम्सफेल्डको निधन भएको छ । मंगलबार टाओसस्थित निवासमा रम्सफेल्डको मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
रम्सफेल्ड ८८ वर्षका थिए ।
जर्ज डब्लू बुस राष्ट्रपति रहँदा सन् २००३ मा अमेरिकाले इराकविरुद्ध युद्ध छेडेको थियो । जसको मुख्य आर्किटेक्ट रम्सफेल्डलाई मानिन्छ ।
आतंकवादको दुहाइ युद्धबाट गर्नुपर्ने मान्यताबाट प्रशिक्षित उनले इराक युद्धको नतिजापछि सन् २००६ मा राजीनामा दिएका थिए । । तर त्यसप्रति उनले कहिल्यै आत्मालोचना गरेनन् । बरू त्यो जायज रहेको भन्दै बचाउ गरिरहे ।
बुसले रम्सफेल्डको मृत्युप्रति दुःख व्यक्त गर्दै असल मानव र जनताका कुशल सेवकको अवसान भएको जनाएका छन् ।



