🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जुम्लाबाट ६२  पत्रकारले लिए प्रेसपास

खलंगा । सूचना तथा प्रसारण विभागले जुम्लामा आयोजना गरेको प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण घुम्ती शिविर कार्यक्रमबाट ६२ पत्रकारले प्रेसपास लिएका छन् । सो शिविरमार्फत प्रेसपास वितरण, अनलाइन दर्ता, नवीकरण, पत्रिकाको स्थायी दर्ता जुम्लामै पुगेर गरिएको थियो । नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाको आयोजना र  विभागको सहयोगमा तीनदिने घुम्ती शिविर चलेको थियो ।

    शिविरमा ५ वर्षदेखि अस्थायी रुपमा दर्ता भई नियमित सञ्चालन भइरहेको कर्णाली पोष्ट दैनिक पत्रिकाको स्थायी दर्ता भएकोे छ । प्रेसपास ल्याउने, नवीकरण गर्ने तथा पत्रपत्रिका र अनलाइन दर्ता नवीकरण गर्नका लागि काठमाडौँ धाउनुपर्ने दुर्गमका पत्रकारहरुको समस्यालाई दृष्टिगत गर्दै विभागको टोली जुम्लामै पुगेर सेवा दिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।  उहाँले भन्नुभयो, “प्रेस पास लिन काठमाडौँ जाने बाध्यता हटेको छ । जिल्लाका पत्रकारलाई निकै राहत मिलेको छ ।” पछिल्लो समय विभागले आफ्ना सेवाहरु दुर्गम केन्द्रित गरेको महानिर्देशक हमालले बताउनुभयो । 

    दुर्गमका पत्रकारहरुको सजिलोका लागि जिल्लामै शिविर सञ्चालन गरेको विभाग अनलाइन दर्ता शाखाका प्रमुख केशवराज शर्माले बताउनुभयो । प्रेस पास लिनकै लागि महँगो खर्च गरेर काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य भएको पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताउनुभयो ।  “काठमाडौँ पुगेर प्रेस पास लिन आर्थिक तथा भौगोलिक दूरीले समस्या हुन्थ्यो ।  विभागको टोली जिल्लामै पुग्दा यहाँका पत्रकारलाई निकै राहत भएको छ”, अध्यक्ष शाहीले भन्नुभयो । यसअघि विभागको टोलीले हुम्लामा प्रेसपास वितरणदेखि अनलाइन दर्ता शिविर सञ्चालन गरेको थियो ।