🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शर्मा प्रधानसेनापतिमा सिफारिस, सैनिक नियमावली स्वीकृत 

सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ । 

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

्र

०७८ साउन २५ बाट प्रधानसेनापति पूर्णचन्द्र थापा एक महिने घर बिदामा बसेपछि शर्माले कायममुकामय प्रधानसेनापतिको भूमिका निर्वाह गरेका छन् । सरकारको यो निर्णयसँगै अब उनलाई थापा अनिवार्य अवकाश भएको दिनबाट प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ । 

त्यसैगरी, सरकारले सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ पनि स्वीकृत गरेको छ । 

सरकारले यही भदौ ७ गते पर्ने गाइजात्रा पर्वमा यसअघि काठमाडौँ उपत्यकाका लागि मात्र सार्वजनिक बिदा दिँदै आएकामा सो अवसरमा मुलुकभरका नेवार समुदायका लागिसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

त्यस्तै बैठकले यही भदौ १४ गते कृष्णजन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । 

सरकारले काठमाडौँ तराई–मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न संरचनाको निर्माण गर्न मकवानपुरका कालभैरव र गौरीशङ्कर सामुदायिक वनमा परेका पाँच दशमलव २२ हेक्टर थप राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख कटाउन स्वीकृती दिने निर्णय गरेको छ ।

बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डिल्लीराम शर्मालाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।