काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ ।
१० बुँदे सहमति कार्यान्वयनबारे छलफल गर्नुपर्ने भीम रावल, घनश्याम भुसाललगायत नेताको मागअनुसार स्थायी समिति बैठक बस्न लागेको हो ।
सुरुमा बिहान ११ बजेका लागि बैठक तय गरिएको थियो । तर तयारी नपुगेको भन्दै त्यसलाई दिउँसो ३ बजेसम्मका लागि सारिएको छ ।
आजको बैठकमा भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाललगायत माधव समूहको साथ छाडेका नेताहरू पनि सहभागी हुनेछन् । कार्यतालिका बनाएर १० बुँदे सहमति कार्यान्वयन गर्ने केपी शर्मा ओलीनिवास बालकोटको सोमबारको सहमतिपछि यो समूह स्थायी समिति बैठकमा सहभागी हुन लागेको हो ।
बैठकले १० बुँदे सम्झौता कार्यान्वयन गर्न सहमति गर्ने बताइएको छ ।



