🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्वास्थ्यमा कनिष्ठ हाकिम बनेपछि वरिष्ठहरू जिल्लाराम !

काठमाडौं । आफूभन्दा १० जना सिनियरहरूलाई पछार्दै डा.राम पदारथ बिच्छा  स्वास्थ्य विभागको महानिर्देशक बन्न सफल भएका छन । विभागमा १२ औं तहका डा. दीपेन्द्ररमण सिंहलाई महानिर्देशकबाट हटाएरमन्त्रालयमा तानिएको छ । १२ औं तहका सिनियर सह–सचिवहरू मध्येबाट विभागमामहानिर्देशक भएर जाने यस अघिको परम्परालाई तोड्ने काम गठबन्धन सरकारबाट भएको छ । जसका कारण कर्मचारीको मनोवल गिर्नुका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाबेतिथि बढेको भन्दै कर्मचारीहरूराज्यमन्त्री उमेश श्रेष्ठसँग आक्रोशित बनेका छन् ।

तीन महिना सेवा अवधि
दुई महिनापछि २०७८ कात्तिक ६ गते उमेर हदका कारण डा.आर पी बिच्छाले सेवाबाट अनिवार्य अवकाश पाउँदैछन । मन्त्रालयमा उनी भन्दा १० जना सिनियर सह–सचिवहरू कार्यरत छन । तर ती सवैलाई पछाडि पारेर बिच्छालाई नै  महानिर्देशक बनाउन मन्त्रालयलाई किन त्यस्तोआवश्यकता आइप¥यो भन्ने रहस्यमय विषयले मन्त्रालयका सम्पूर्ण कर्मचारीहरूको ध्यान खिचेको बताइन्छ । मन्त्रालयमा एक से एक सिनियर अर्थात् प्रथम श्रेणीका सह–सचिवहरू रहेका छन् । उनीहरूको भूमिका कमजोर पार्नकै लागि सोर्सफोर्सका आधारमा जुनियरलाई कमाउ अड्डामा लगिएको बुझाई इमान्दार कर्मचारीहरूको रहेको छ ।

कसरी महानिर्देशक बने डा. बिच्छा ?
१० जना सिनियर मध्ये पनि सवैभन्दा कनिष्ठ रहेका डा.बिच्छालाई विभागको बागडोर सम्हाल्नेगरी महानिर्देशक बनाउन राज्यमन्त्री उमेश श्रेष्ठ र सचिव डा. रोशन पोखरेललाई कसले दवाव दियो भन्ने चर्चा यतिवेला मन्त्रालय व्याप्त छ । मन्त्रालयको चाहना विपरीतमाथिको राजनीतिक दवाव थेग्न नसकेरडा.बिच्छालाईपरम्परा मिचेर जबर्जस्ती महानिर्देशक बनाउनु परेको गुनासो मन्त्रालयले गर्ने गरेको समाचार श्रोत बताउँछ ।

 १२ औं तहका सिनियरलाई फालेर कनिष्ठ र त्यसमाथि पनि २ महिना मात्रै सेवा अवधि भएका कर्मचारीलाई मुलुकमायस्तो संक्रमणकालीन स्वास्थ्य अवस्था रहेको समयमा किन महानिर्देशक बनाइयो ? भनेर मन्त्रालयभित्रैबाट व्यापक विरोध भइरहेको छ । साथै बिच्छाको विभागमा भएको नियुक्तिले कर्मचारीहरूको मनोवल पनि गिरेको बताइन्छ । 

मन्त्री श्रेष्ठकै लाइनमार्फत 
महानिर्देशक पनि

उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाएकोमा  प्रधानमन्त्री शेरबहादुर देउवाको नेपाली काँग्रेस पार्टी र गठबन्धनका राजनीतिक दलहरूका नेताहरूले खुलेरै आलोचना हुँदै आएको छ ।श्रेष्ठलाई राज्यमन्त्री बनाउन प्रधानमन्त्री पत्नी आरजु देउवाको मुख्य भूमिका रहेको चर्चा राजनीतिक वृत्तमा व्यापकछ । व्यापारी पृष्ठभूमिका श्रेष्ठले प्रधानमन्त्री पत्नी आरजुलाई खुसी पारेरराज्यमन्त्री पद हात पारेको भन्दै उनलाई हटाउन प्रधानमन्त्री देउवामाथि चौतर्फी दवाव पनि परिरहेकै छ । डा. गोबिन्द केसीराज्यमन्त्री श्रोष्ठलाई हटाउने माग बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई खुल्ला रुपमा दवाव दिएको चर्चा पनि छ ।

बिच्छासँग किन जोडियो आरजुको नाम ?
विवादस्पद श्रेष्ठलाई राज्यमन्त्री बनाएको चर्चा सेलाउन नपाउँदैस्वास्थ्य सेवा विभागको महानिर्देशक बनेकाउनै बिच्छासँगप्रधानमन्त्री पत्नी आरजु राणाको नाम जोडिएको छ । आरजु र राज्यमन्त्री श्रेष्ठसँगै सेटि¨ मिलाएरकनिष्ठ भएपनि बिच्छा सो पदमा पुग्न सफल भएकोश्रोत बताउँछ । विभागमा जानु अघि डा. बिच्छा कान्ति बाल अस्पतालको कार्यकारी प्रमुख पदमा कार्यरत रहेका थिए । 

सरकारले आगामी २०७८ असोज एक करोड खोप खरिद गरेर  कुल जनसंख्या मध्ये एकतिहाईभन्दा बढी जनसंख्यालाई कोरोना बिरुद्धको खोप लगाईसक्ने निर्णय गरेको छ । यसका लागि आवश्यक खोप खरिदका लागि करिव २६ अर्व रकमको जोहोसरकारले गरिसकेको छ । २०७८ चैत्र महिनाभित्र सवै नागरिकलाई खोप लगाइसक्ने योजनावर्तमान सरकारको रहेको छ । 

यही विषयलाई मध्यनजर गर्दै प्रधानमन्त्री पत्नी आरजु र महानिर्देशक बिच्छाको ध्यान खोप तथा अन्य स्वास्थ्य सामग्री खरिद प्रक्रियातर्फ गइसकेको बताइन्छ । खोप र स्वास्थ्य सामग्री खरिद गर्दा आउने कमिशनको रकममास्वास्थ्यका माफियाहरूको आँखा लागिसकेको मन्त्रालयको श्रोत बताउँछ । 

१२ औं तहको अपमान
मन्त्रालयमा १२ औं तह अर्थात विशिष्टश्रेणी सचिव सरह पदमा रहेका डा. दीपेन्द्ररमण सिंहलाई विभागबाट तानेर मन्त्रालयमा अपमानजनक रुपमा  थन्काइएको छ । डा. रोशन पोखरेलको बढुवा भएर उनी मन्त्रालयको सचिव बनेका छन । महेन्द्र श्रेष्ठलेउमेरहदका कारण यसअघि अवकाश पाइसकेका छन ।

बिच्छा भन्दा सिनियर को–को छन ?
बिच्छा भन्दा १० जना सिनियरहरू मन्त्रालय र मातहत बिभागमा रहेका छन । तिनीहरूमा डा. गुणराज लोहनी, भीमसेन तिन्करी, तारा पोखरेल, सुनिल शर्मा, कृष्णप्रसाद पौडेल, बासुदेव उपाध्याय, संगिता मिश्र, तारा पौडेल, तारा पोखरेल र श्रीकृष्ण श्रेष्ठ रहेका छन ।

वीर अस्पतालमा पनि यस्तै घटना
उता युनिफाइड कोभिड केन्द्रीय अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा पनि यस्तै कनिष्ठलाई जिम्मेवारी दिइएको छ । डा. जागेश्वर गौतमलाई हटाएर १० तहका डा. भुपेन्द्र बस्नेतलाई निमित्त प्रमुख बनाएर ल्याइएपछि त्यहाँ पनि असन्तुष्टि चुलिएको खबर छ । ११ औं तहका सिनियर गौतमलाई हटाएर बस्नेतलाई ल्याइनुमा पनि सेटि¨ र चलखेलले काम गरेको मन्त्रालय श्रोत बताउँछ ।